How Big is Surya Nepal?

 तपाइहरुले एउटा कुरा के पनि बुझन जरुरी छ भने नेपालमा दुई प्रकारका चुरोट उत्पादन गर्ने कम्पनी हुन्छन एउटा सरकारी र अर्को प्राइभेट । सन २०१८ को एउटा डाटा हेर्ने हो र त्यसलाई आधार मान्ने हो भने आजसम्म नेपालमा ५ वटा चुरोट कम्पनीहरु थिए । जस मध्ये सरकारी तर्फ जनकपुर चुरोट फयाक्टरी तथा प्राईभेट तर्फ परफेक्ट ब्लेन्डेड प्राइभेट लिमिटेड, नेपाल टोबाको प्राइभेट लिमिटेड, सेती सिगरेट फयाक्टरी र अन्तिम एउटा सुर्य टोबाको कम्पनी प्राइभेट लिमिटेड । सरकारी कम्पनी त सन २०११ सम्म आउँदा आउँदै पुर्ण रुपमा बन्द भईसकेको छ । अब नेपालमा टोबाको उत्पादन तर्फ ४ वटा कम्पनी मात्र बाँकि छन । 


सुर्य नेपालको परिचय र यसको इतिहास

देशैभरि १०० भन्दा बढी डिस्ट्रीबयुटर र ६००० भन्दा बढी होलसेलरहरु ७८,००० भन्दा बढी साना तथा ठुला रिटेलर पसलहरुका साथमा सबै भन्दा बढी चुरोट बिक्रि वितरण गर्ने कम्पनीहरु मध्ये एक हो सुर्य नेपाल । सुर्य नेपालले उत्पादन गर्ने चुरोटहरुमा सुर्य लक्जरी किंग्स, शिखर चुरोट, पाइलट चुरोट, त्यसैगरी खुकुरी, बिजुली र चौतारी जस्ता चुरोट उत्पादन तथा देशैभरी बिक्रि वितरण गरी वर्षमा २० अर्व रुपैयाँको कारोवार गर्ने नेपालमा सिमित कम्पनीहरु मध्ये एक हो सुर्य नेपाल । कम्पनीले आफनो स्थापनाकालमा सन १९८६ तिर बजारमा आफना २ वटा चुरोटका ब्राण्ड लिएर आयो जसम्धये बिजुली र नौलौं तर अहिले कम्पनीले ७ देखि ८ वटा ब्राण्डहरु छन । बाराको सिमरा र तनहुँमा दुई वटा प्लान्टबाट चुरोट उत्पादन गर्ने सूर्य नेपालको प्रमुख उत्पादन चुरोट नै हो । यद्यपि कम्पनीको अर्को उत्पादन मंगलदीप अगरबत्ति र तीर नामको सलाई यसबाहेक टफिचो ब्राण्डबाट विभिन्न टफि पनि बजारमा बिक्रि गर्दछ । सूर्य नेपाल प्राइभेट लिमिटेड इन्डो–नेपाल–युके संयुक्त उद्यम हो, जसले नेपालमा सन १९८६ मा सञ्चालन सुरु गरेको थियो । सन १९८७ डिसेम्बरमा फ्याक्ट्री सुरु हुँदा सरकारी लगानीको जनकपुर चुरोट कारखानाको मोनोपोली थियो बजारमा । यतिखेर बजार हिस्सा सूर्यको एकलौटी जस्तै छ । सूर्य नेपाल प्राइभेट लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको उद्यम र आइटिसी लिमिटेड, भारतको सहायक कम्पनी हो । कम्पनीले हाल नेपालमा चुरोट, सेफ्टी म्याच, अगरबत्ती र कन्फेक्शनरीको व्यवसायमा संलग्न छ । 

सुर्य नेपाल प्रालि नेपालमा सन १९८६ देखि कारोबार सुरु गरेको हो । कम्पनी नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने सूचीमा उत्कृष्ट ५ कम्पनी भित्र पर्छ ।

बाराको सिमरामा सञ्चालित बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रा.लिको केन्द्रिय कार्यालय काठमाण्डौका जमल क्षेत्रमा येलो प्यागोडा होटेल नजिकै रहेको छ । 


भारतको आइटीसीको सुर्य नेपालसँग सम्बन्ध

आइटिसि भारतको ५९ प्रतिशत सेयर स्वामित्व भएको सूर्य नेपालमा बाँकी सेयर नेपाली साझेदारसँग छ । ३९ प्रतिशत सेयर नेपाली लगानीकर्ता नेपाली व्यापारिक घरानाको रहेको छ । २ प्रतिशत सेयर लगानी भने बिट्रिस अमेरिकन टोब्याको इन्भेष्टमेन्टको रहेको छ । त्यसो त नेपालमा स्वदेशी तथा विदेशी साझेदारीमा अन्य कम्पनी पनि सञ्चालित छन, जसले यत्तिको फलता हासिल गर्न सकेको देखिँदैन । सुर्य नेपालका अहिलेको मेनेजिङ डाइरेक्टर अभिमन्यु पोड्डार सन् २००८ देखि २०१३ सम्म लगभग ५ वर्ष भारतको  आइटिसी लिमिटेडमा जनरल म्यानेजरमा थिए । त्यसकारण पनि भारतको आईटिसीको कन्ट्रोलमा सुर्य नेपाल छ भन्नु पर्दा फरक नपर्ला ।


आइसिटीको इतिहास

सन १९१० मा भारतमा ब्रिटिश साम्राज्यले स्थापना गरेका आइसिटी लगभग ११२ वर्ष पुरानो कम्पनी हो । यसको हेड क्वार्टर भारतको पश्चिम बंगालको कलकतामा थियो । जब भारतमा सिगार र स्मोकिङ मानिसहरुमा प्रख्यात भई सकेको थियो जसकारण अंग्रेज सरकारले भारतमा यसको व्यवसायीकरण नै गर्ने सोचको परिणाम हो यो आइसिटी । त्यतिखेर भारतमा ब्रिटिशर्जको अधिन थियो र त्यो बेला अर्थात २४ अगस्त १९१० को दिन कम्पनीको स्थापना गर्दा शुरुआती नाम इम्पिीरियल टोबाको कम्पनी अफ इण्डिया लिमिटेड राखियो । कम्पनीको स्थापनाकालमा यसका केही मेजर शेयर होल्डरको रुपमा ब्रिटिस गर्भमेन्ट, ब्रिटिश अमेरिकन टोबाको र केही इन्डिीविजुल भारतीय लगानीकर्ताहरु थिए ।

पछि ब्रिटिश गर्भमेन्ट भारत छोडेर गईसकेपछि सन १९७० को समय आउँदा यस कम्पनीको नाममा हल्का परिवर्तन गरि इण्डियन टोबाको कम्पनी राखियो । तर विभिन्न समयमा यसको नाम माथि गलत प्रचारको कारणले गर्दा सन १९७४ मा आइटिसी लिमिटेड गरियो । त्यति बेला देखि यस कम्पनीमाथि टोबाकोको जुन टयाग कम्पनीको नाम सँग जोडिएको थियो त्यसलाई बिर्साउनका लागि अन्य सेक्टरमा पनि कम्पनीले उत्पादन र मार्केटिङ शुरु ग¥यो । तर कम्पनीले आफनो शुरुआती समय देखि नै त्यही बिजनेशमा फोकस ग¥यो जुनमा कम्पनी प्रोफेटेबल थियो यानीके सिगरेट लोकल भाषामा भन्नु पर्दा चुरोट । आज आइटिसीलाई सबैभन्दा बढी फाइदा चुरोटबाट हुने गर्दछ । तर भारत सरकारले भारतमा टोबाकोबाट बढदै गईरहेको मृत्यु दरले गर्दा नै आइटिसीको विज्ञापनहरु मथि प्रतिबन्ध नै लगायो । तर आइटिसीले सरकारको यस प्रतिबन्धको समाधान निकालेर नै मान्यो । आइटिसीले आफनो सिगरेट सेगमेन्टमा १४ वटा ब्राण्ड निकाल्यो र साथै भिन्न भिन्न प्राइस अर्थात रेटमा । यसको अर्थ के हो भने कुनै पनि मानिसले यदि सिगरेट खरीद गर्नु छ भने त्यो व्यक्ति सँग आइटिसी बाहेक अरु ठाउँ न जाओस सबैका लागि विकल्पमा आइटिसी नै रहोस भन्ने फण्डामेन्टल यो कम्पनीको थियो । र यीनीहरुले स–साना दोकानमा आफनो सिगरेटको ठुलो ठुलो बोर्ड र ब्यानर दोकानको नाम बाट प्रिन्ट गर्दै दोकानमा राख्ने मास्टर प्लान त्यो बेला देखि नै ग¥यो र भारतका गल्ली गल्लीमा आइटिसीका विभिन्न सिगरेटका ठुला ठुला फोटो हार्डिङ बोर्डमा दोकानको नाम सहित देख्न सकिन्छ । यो कम्पनीले भारतमा विज्ञापनमा प्रतिबन्ध लगाईसकेपछि फिल्मी क्षेत्रको आडमा भयंकर ठुलो विज्ञापन गरे तर अप्रत्यक्ष विज्ञापन जसलाई भनिन्छ त्यो शुरु गरे हरेक अभिनेता, अभिनेत्री  र विलेनको हात हातमा चुरोट प्रयोग हुने ट्रेन्ड नै चल्यो । सिगरेटलाई कुल ट्रेण्डमा प्रचार गर्दा ती कलाकारहरुका फयानहरुले यसलाई देखासिखीमा लिन थाल्छन र व्यापार दिन प्रति दिन बढदै जान्छ । 


कम्पनीका केही अनुहारहरु र मुख्य लगानीकर्ता

सुर्य नेपाल ज्वाइन्ट भेन्चर कम्पनी हो । यस कम्पनीमा तीन वटा देशको लगानी छ । नेपाल भारत र अमेरिका जसमध्ये भारतको आइटीसी लिमिटेडको रहेको छ । लगभग ५९ प्रतिशत लगानी रहेको छ  आइटिसी लिमिटेडको । अमेरिकन कम्पनी ब्रिटीश अमेरिक टोबाकोको मात्र २ प्रतिशत लगानी रहेको छ । भने नेपाली उद्यमीहरुको यस कम्पनीमा ३९ प्रतिशत लगानी रहेको छ ।  


आइटिसीको सिएसआर भनेको के र किन यति धेरै खर्चा गर्ने गर्दछ सिएसआरका लागि

आइसिटीले सिगरेटको क्षेत्रमा व्यापक व्यापार गरीसकेपछि आफनो छवि सुधार गर्ने तर्फको पहलको नाम हो सीएसआर एक्टीवटिी जसलाई कोर्पोरेट सोसेल रिसपोन्सबिलिटी भन्ने गरिन्छ । जसमा प्रकृति, खेल पर्यटन, आशा र सुस्वास्थ्य जस्ता क्याम्पेन संचालन छन र देशका विभिन्न क्षेमा सक्रिय रुपमा क्रियाकलाप चलिराखेका हुन्छन । यस क्षेत्रमा आइसिटी ठुलो खर्च गर्ने गर्दछ । स्वास्थ्य सम्बन्धि सचेतना फैलाउन सुर्य नेपालले विभिन्न समयमा विभिन्न जिल्ला वा क्षेमा क्याम्पेन पनि गर्दछ । कम्पनीले समय समयमा च्यारेटी पनि गर्दछ । यसको मुख्य कारण भनेको आइटिसी सिगरेटको व्यवसाय गर्न चाहन्छन तर आफनो पहिचान त्यो संग बनाउन चाहदैनन । पहिचान बनाउन उनीहरु राम्रा काम गरेको बजारमा देखाउन चाहन्छन । त्यही भएर आइटिसीले बेच्ने हरेक नोटबुकको पछाडि आफनो सिएसआरको प्रचार गरेको देख्न पाइन्छ । त्यसतै हरेक क्षेत्रमा केही न केही कार्यक्रम आइटिसी सँग रहेको छ । थुप्रै कार्यक्रमहरु गरेर आफनो राम्रो पहिचानलाई मात्रै प्रचार गर्दै आइरेहेका छन । गत वर्ष भारतमा आइटिसीले ३६३ करोड लगभगको खर्च गरेका छन यही सीएसआर कार्यक्रमका लागि र हरेक वर्ष सिएसआर एक्टिीभिटी बढदै गईरहेको छ । र भारतमा आइटिसीको राम्रो छवि देखिनुमा सिएसआर एक्टीभिटीको ठुलो हात रहेको छ । नेपालमा पनि यसको सहकार्य कम्पनी सुर्य नेपालले जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्न गइरहेको सो अभियानमा नेपाली सेना र गैरसरकारी संस्था ‘सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेब्लपमेण्ट नेपाल’सँग साझेदारी गरी आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड १० लाख उक्त अभियान सम्पन्न गर्न सहयोग गर्ने सम्बन्धमा त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


कसरी बन्यो नेपालमा सबैभन्दा बढी कर तिर्ने कम्पनी

नेपालमा पनि आइटिसीले यस्तै एक्टीभिटि बढाउँदै लगेको छ । नेपाल सरकारलाई यो कमपनीले ठुलो टयाक्सको रुपमा सहयोग गर्दै आएको छ । नेपालमा नौ वर्षदेखि लगातार उत्कृष्टको सूचीमा पर्ने एक मात्रै कम्पनी बनेको छ, सूर्य नेपाल प्रा. ली.। संस्थाले गर्ने व्यवसायको आकारका हिसावले यो वा त्यो ठूलो व्यावसायिक घराना भनी चर्चा भइरहने गर्छ । त्यस्ता प्रसंगहरुमा धेरै कम्पनीहरुको नाम चर्चामा आउने गर्छ । तर बढि कर तिर्ने कम्पनीको रुपमा भने अहिलेसम्म सूर्य नेपाललाई कसैले पछि पार्न सकेको छैन । कर धेरै तिर्नुको अर्थ नै के हो भने यो कम्पनीमा कुनै किसिमको व्यावसायिक चुहावट छैन । साथसाथै व्यवसायको हिसावले उसको कारोबारको आकार अत्यन्तै ठूलो रहेको छ । त्यही कुराले नै कम्पनीलाई माथि उठाएको सूर्य नेपाल प्रा.लि. को भनाइ छ ।


कम्पनीमा नेपाली केही अनुहारहरु 

सिद्धार्थ शमशेर राणा जोकि प्रभाकर शमशेर जबरा राणाका छोरा हुन 

यसैगरि लगभग २० जना जति नेपाली लगानीकर्ता हुनुहुन्छ जसले निरन्तर ३० प्रतिशत शेयरको नाफा प्राप्त गरिराख्नु भएको छ । 


सुर्य नेपालका प्रोडक्टहरुले मानिसहरुको स्वास्थ्यमा असर पार्दे

सन २०२२ को एउटा तथ्यांक अनुसार नेपालमा ३१.९ प्रतिशत जनसंखयाले धुम्रपान सेवन गर्दछन । जुन भन्ने हो भने नेपाल विश्वको सर्वाधिक धुम्रपान गर्ने देशहरुमा २५ औं नम्बरमा रहेको छ ।  हरेक वर्ष हजारौ मानिसहरु धुम्रपान सेवनका कारण मृत्युलाई प्राप्त हुन्छन । नेपालमा सिगरेट अर्थात चुरोटमा अन्य एक्साइज र भ्याट बाहेक सरकारले चुरोटको प्रति खिल्ली २५ पैसा कर लिने गर्दछ । जुन सोच जस्तो नेपालको सबै भन्दा बढी बिक्रि भएको सोच किताबका लेखक र केजीएच होटेल चेनका मालिक श्री कर्ण शाक्य ज्युको अथक प्रयास पछि सम्भव भएको हो र सरकारले २५ पैसा प्रति खिल्ली चुरोटमा लिने गरेको हो । हुन त सरकारले यो पैसा जुन कर वापत लिने गर्दछ त्यस रकमलाई मानिसहरुकै स्वास्थ्यका लागि अस्पतालहरु निर्माण र सेवा सुविधामा खर्च गर्ने हो तर जुन सिगरेटले स्वास्थ्यमा असर गर्दछ त्यही सिगरेट बिक्रि गर्न दिने अनि त्यसै बिक्रि भएको चुरोटको करबाट अस्पताल र उपचारमा खर्च गर्न भनेको म नै रोग म नै डाक्टर भने जस्तै खैर सुर्य नेपालको बजारमा ७० प्रतिशत भन्दा बढीको मार्केट शेयर छ वा कब्जा छ जसले गर्दा नेपालमा धुम्रपानलाई बढावा दिने कुरामा सुर्य नेपाल सबै भन्दा अगाडि रहेको छ । 


सुर्य नेपाल नेपाल लगातार उत्कृष्ट बन्नुको कारण के ?

सूर्य नेपाल चाहिँ आफ्नै व्यवस्थित र अनुशासित व्यावसायिक तथा वित्तीय सिस्टमका कारण हरेक क्षेत्रमा उत्कृष्ट हुन सफल भएको कम्पनीका अधिकारीहरुको भनाइ छ । यो कम्पनी अन्य क्षेत्रमा पनि उत्कृष्ट रहेका उदाहरण पाउन सकिन्छ । वास्तवमा चुरोट उत्पादन गर्ने सूर्य नेपाल अत्यावश्यक सेवामा नपरेका कारण लकडाउनको लामो अवधिमा व्यवसाय बन्द गरेर बस्नुपरेको थियो । यसको असर व्यवसायमा तत्काल नदेखिने कुरै भएन । त्यसपछि कम्पनीले बैंकबाट ५ अर्ब ७५ करोड रुपैंया ऋण लियो । तर सूर्य नेपाल आफूले लिएको ऋण उपयुक्त ढंगले तिरेर ऋणको रेटिङमा समेत उत्कृष्ट ठहरियो । कम्पनी संचालनको लागि लिएको ऋण अरु ऋणीले भन्दा राम्रोसँग तिरेर अब्बल नम्बर प्राप्त गर्न सफल भएको हो । केयर रेटिङ नेपालका अनुसार सूर्य नेपालको ऋण चुक्ताको रेटिङ सबैभन्दा उत्कृष्ट रहेको छ । त्यसैले उसले केयर एनपी ए वन प्लस प्राप्त गरेको छ । रेटिङमध्ये यो सबैभन्दा उत्कृष्ट हो । यस्तो रेटिङ कमैमात्रै ऋणीहरुले पाउने गर्छन, जुन सूर्य नेपालले पाएको केयर रेटिङ नेपालले जनाएको छ । 


केही मिडिया हाउस अनुसार सुर्य नेपालको कारोबार शङ्कास्पद

२५ फाल्गुन २९७६मा प्रशासन नामक अनलाइन पत्रिकाले आफनो स्तम्भमा एउटा लेख प्रकाशन गरेको थियो । पत्रिकाले लेखेको लेख अनुसार ‘‘चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ३० करोड रुपैयाँ बराबरको चुरोटको कर दाखिला नगरेको देखिएको छ स्रोतले भन्यो यसबारे अध्ययन हुँदै छ प्रारम्भिक अध्ययनका क्रममा उत्पादनमै कर छली गरेको भेटिएपछि थप अनुसन्धान अघि बढाइएको छ । त्यसो त सूर्य नेपालले तराईका केही जिल्लामा विना स्टिकरको सूर्य चुरोट बिक्री वितरण भइरहेको फेला परेको छ । ’’  




Post a Comment

0 Comments