नेपालमा राजसंस्था फर्किने वा फर्काउने के कति सम्भावना छ ?

 

  नेपालमा राजसंस्था फर्किने वा फर्काउने के कति सम्भावना छ ?



१. स्पेन – १९७५ मा राजतन्त्र फर्काएको


स्पेनमा १९३१ मा गणतन्त्र स्थापना भएपछि राजा अल्फोन्सो ह्क्ष्क्ष्क्ष् देश छोडेर गए । त्यसपछि देशमा गृहयुद्ध (क्उबलष्कज ऋष्खष् िध्बच) भयो र फ्रान्सिस्को फ्रान्को नामक तानाशाह सत्तामा आए ।



१९७५ मा फ्रान्कोको मृत्यु भएपछि, उनले मनोनयन गरेका राजा वान कार्लोस क्ष् (प्ष्लन व्गबल ऋबचयिक क्ष्) ले गद्दी सम्हाले, र स्पेनमा पुनः संवैधानिक राजतन्त्र कायम भयो ।


२. कम्बोडिया – १९९३ मा राजतन्त्र फर्काएको


१९७० मा मार्शल लोन नोलले कू गरी कम्बोडियामा गणतन्त्र घोषणा गरेका थिए । त्यसपछि केही दशकको गृहयुद्ध र राजनीतिक अस्थिरता पछि १९९३ मा संयुक्त राष्ट्रसंघ (ग्ल्) को मध्यस्थतामा चुनाव गराइयो ।




 त्यसपछि पूर्वराजा नोरोडोम सिहानुक (ल्यचयमयm क्ष्जबलयगप) लाई पुनः राजा बनाइयो ।


३. इरान – १९२५ मा र १९७९ मा उल्टो घटना भयो 



१९२५ मा ः इरानमा पहिल्यैदेखि राजतन्त्र थियो, तर काजार वंश (त्तबवबच म्थलबकतथ) को अन्त्य गरेर रेजा शाह पहलवी (च्भशब क्जबज एबजबिखष्) राजा बने ।


१९७९ मा ः इरानको इस्लामिक क्रान्ति पछि शाह मोहम्मद रेजा पहलवीको शासन अन्त्य भयो, र देश इस्लामिक गणतन्त्रमा परिणत भयो । (यो भने राजतन्त्र पुनः फर्किनुको उल्टो उदाहरण हो ।)



४. इंग्ल्यान्ड – १६६० मा राजतन्त्र फर्काएको


इंग्ल्यान्डमा १६४९ मा राजतन्त्र हटाएर गणतन्त्र स्थापना गरियो । ओलिभर क्रोमवेलको नेतृत्वमा गणतन्त्र ल्याइयो । तर, १६६० मा राजा चाल्र्स क्ष्क्ष् लाई पुनः सत्तामा ल्याइयो, र राजतन्त्र पुनस्र्थापित गरियो ।



अब एउटा प्रश्न नेपालमा फेरी राजा फर्कने सम्भावना के कति छ त ?

नेपालमा फेरि राजा फर्कने सम्भावना अहिलेको राजनीतिक परिस्थिति हेर्दा धेरै कम देखिन्छ । तर न देखिने भने होइन ।

त्यसो भए राजाले केही दिन अघिको प्रजातन्त्र दिवसको अवसमा किन यस्तो अभिव्यक्ति दिनु भयो त ?


हामी यस कुराको जवाफमा यो भिडियोमा एकछिन पछि कुरा गर्ने छौं पहिले कुरा गरौं के किन नेपालमा फेरी राजा फर्कने सम्भावना कम छ भनेर ।

हेर्नुहोस हाल नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो, र २०७२ सालको संविधान अनुसार गणतन्त्रलाई संस्थागत गरिएको छ । देशका मुख्य धारका राजनीतिक दलहरू—नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत सबै गणतन्त्रको पक्षमा छन् ।

यसलाई यसरी पनि बुझने प्रयास गरौं नेपालमा राजा फर्काउनका लागि केही कुराहरु आवश्यक हुन्छन जस्तैः

१. संविधान संशोधन – हालको संविधान अनुसार नेपाल गणतान्त्रिक व्यवस्था भएकाले राजसंस्था फर्काउन संविधान संशोधन गर्नुपर्छ, जसका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक पर्छ । जुन गाह्रो विषय हो ।

२. जनमत संग्रह – केही राजावादी समूहहरूले जनमत संग्रहको माग गरिरहेका छन् । यदि सरकारले जनमत संग्रह गराउने निर्णय ग¥यो र जनताले राजसंस्थाको पक्षमा मतदान गरे भने फर्कने सम्भावना हुन सक्छ । तर यो कुरामा यो क्लिप हेर्नुहोस त ?


३. जनस्तरबाट व्यापक माग – अहिले केही समूहहरू राजसंस्थाको पक्षमा छन्, तर देशव्यापी रूपमा व्यापक समर्थन देखिएको छैन । यदि भविष्यमा ठूलो आन्दोलन भयो भने दबाब सिर्जना हुन सक्छ । जुन कता कता नमिलेको जस्तो देखिन्छ ।

४. राजनीतिक अस्थिरता – नेपालमा निरन्तर राजनीतिक अस्थिरता चलिरहेकोले गर्दा जनतामा विकल्प खोज्ने सोच आएको हो, तर सोच मात्र आएर पनि सबथोक पुग्दैन राजा फर्कनका लागि ।

त्यसो भए कुरा आउँछ देशमा अहिलेको स्थिति के कस्तो छ त भनेर

१. नेपालका प्रमुख राजनीतिक दलहरू गणतन्त्रको पक्षमा छन् । उनीहरु राजा फर्काउने पक्षमा देखिदैनन ।

२. संसदमा राजसंस्थाको समर्थनमा बहुमत छैन । यदि बहुमत नै छैन भने अन्य कुरा गरेर पनि काम छैन ।

३. जनता अहिले आर्थिक समस्या, बेरोजगारी, र विकास जस्ता मुद्दामा केन्द्रित छन् । जोकि राम्रो नेतृत्वले नेतृत्व गरे पुग्छ अब त्यो राजा भएपनि राजनेता भएपनि भन्ने भाव छ ।


तर यदि मानिलियौं हामीले भने अनुसार कुनै एउटा लुपहोललाई प्रयोग गरेर राजा ज्ञानेन्द्र फेरी देशमा संवैधानिक राजाको रुपमा फर्कि नै हाले भने जस्तै के शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रिया (जनमत संग्रह वा संविधान संशोधनमार्फत वा सेना प्रयोग गरेर) नै राजा फर्काइयो भने देशको राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक अवस्थामा कस्तो परिवर्तन वा भनौं असर पर्न जान्छ ?

१. राजनीतिक अवस्था ः 

संवैधानिक राजतन्त्र स्थापना भयो भने अवस्थामा खास्सै फरक पदैन किनकी यो यस्तो पक्रिया हो जहाँ राजा राष्ट्रप्रमुख रहन्छ तर कार्यकारी शक्ति सरकारको हातमा हुन्छ (जस्तै बेलायत, जापान जस्ता देशहरूमा) । जसले गर्दा नेपाललाई संवैधानिक राजतन्त्र र लोकतन्त्रको मिश्रण बनाउने सम्भावना रहँदा व्यवस्था बदलिए पनि खास्सै फरक पर्न जाँदैन ।

राजनीतिक दलहरू राजा अन्तर्गत काम गर्ने वा नयाँ राजनीतिक संरचना निर्माण हुन जान्छ ।

अहिलेका नेताहरू र दलहरूको भूमिकामा केही हदसम्म परिवर्तन आउन सक्छ ।

२. आर्थिक अवस्था ः 

राजा आउँदा देशमा स्थिरता आउने सम्भावना धेरै हदसम्म रहन्छ र यदि स्थिरता कायम भयो भने वैदेशिक लगानी बढ्न सक्छ किनभने स्थिर सरकार भएकाले लगानीकर्ताहरू आकर्षित हुन सक्छन् ।

पुराना राजनीतिक भ्रष्टाचारका मुद्दाहरू हेरफेर हुन सक्छन् ।

कर प्रणाली, निजी सम्पत्तिमा राज्यको हस्तक्षेप आदि कस्तो हुने भन्ने विषय विवादित हुन सक्छ ।

३. सामाजिक अवस्था ः 

राजसंस्थालाई समर्थन गर्ने र विरोध गर्ने बीच सामाजिक ध्रुवीकरण (बाँडफाँड) हुन सक्छ ।

केही मानिसहरूले राजा फर्काउन स्वागत गर्छन् भने केहीले गणतन्त्र जोगाउन आन्दोलन गर्न सक्छन् ।

४. प्रशासनिक व्यवस्था ः 

नेपालको संघीयता हट्ने सम्भावना रहन्छ, किनभने राजसंस्थालाई समर्थन गर्ने धेरै समूहहरू संघीयता विरोधी छन् ।

स्थानीय तह र प्रदेशको संरचना फेरबदल हुन सक्छ । 

सरकारी नीतिहरू राजा केन्द्रित प्रणालीतर्फ जान सक्छन् ।

यि केही परिवर्तन हुन सक्छन देशमा तर 

यदि जबरजस्ती वा सशस्त्र संघर्षबाट राजा फर्काउने प्रयास भएमा के कस्तो अवस्था बन्न जान्छ देशमा त्यो पनि कुरा गरौं ।

यदि कुनै जबरजस्ती (कु, सैन्य हस्तक्षेप, वा बल प्रयोग) बाट राजसंस्था फर्काउने प्रयास भयो भने ः 

१. राजनीतिक अवस्था ः

नागरिक विद्रोह, आन्दोलन, र अस्थिरता बढ्न सक्छ ।

सरकार र राजसंस्थाका समर्थकबीच द्वन्द्व हुन सक्छ ।

देशमा हिँसात्म घटनाहरु बढन सक्छ ।

यस्तोमा अन्तर्राष्ट्रिय समुदायबाट नकारात्मक प्रतिक्रिया आउन सक्छ ।

२. आर्थिक अवस्था ः

यदि अस्थिरता चर्कियो भने विदेशी लगानी घट्न सक्छ ।

व्यापार र उद्योगमा असर पर्न सक्छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्ध वा सहायता रोकावटको सम्भावना रहन सक्छ ।

३. सामाजिक अवस्था ः

गणतन्त्र समर्थक र राजसंस्था समर्थक बीच ठूलो ध्रुवीकरण हुन सक्छ । जसे गर्दा देशमा विकास भन्दा विकास रोकिन सक्छ ।

शान्ति सुरक्षा कमजोर हुनसक्छ ।

देशमा लामो समयसम्म द्वन्द्व रहन सक्छ, जसले विकास अवरुद्ध हुन सक्छ ।

४. प्रशासनिक अवस्था ः 

सुरक्षा संयन्त्र (प्रहरी, सेना) कसको पक्षमा रहन्छ भन्ने कुराले ठूलो भूमिका खेल्छ ।

यदि सेना राजाको पक्षमा लाग्यो भने सैन्य शासनको सम्भावना आउन सक्छ ।

संघीयता हटाइने सम्भावना बलियो हुन सक्छ ।

 यि दुई वटा अवस्था परिवर्तनको हिसाब किताब हेदा राजा फर्काउन त्यति सजिलो देखिदैन ।

तर राजा ज्ञानेन्दले दिएको अभिव्यक्ति यतिकै हावाको भरमा बोलेको कुरा पनि थिएन होला । त्यसकारण बmुभने प्रयास गरौं के यसको पछाडि कारण के के छन ?

अहिले नेपालमा संवैधानिक राजसंस्था पुनः स्थापनाका लागि विभिन्न राजनीतिक दल, समूह, तथा संगठनहरू सक्रिय देखिएका छन् । तीमध्ये केही प्रमुख दल र संस्थाहरू हुन जस्तै ः

१. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) 

२. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) 

३. राजावादी समूह तथा स्वतन्त्र अभियानहरू ः जस्तै “राष्ट्रवादी नागरिक समाज“, “हिन्दू राष्ट्र नेपाल“, “राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन“ ‘‘शिवसेना नेपाल’’ जस्ता अभियानहरू सञ्चालन भइरहेका छन् ।

विभिन्न ठाउँमा “राजसंस्था बचाऊ“ ¥यालीहरू आयोजना हुने गरेका छन् । सामाजिक सञ्जालमा ३द्यचष्लनद्यबअपत्जभप्ष्लन जस्ता ह्यासट्याग ट्रेन्ड हुने गरेका छन् ।

४. पूर्वराजपरिवारको भूमिका ः पूर्वराजा ज्ञानेन्द्र शाह समय–समयमा संकेतपूर्ण भ्रमण र अभिव्यक्ति दिइरहेका हुन्छन्, जसले राजसंस्था प्रति जनचासो बढाउने काम गर्छ । 

५. नेपाल सेना र पूर्वसुरक्षाकर्मीहरूः नेपाली सेनाको केही वृत्तहरूमा राजसंस्थाप्रति झुकाव रहेको भन्ने अनुमान गरिन्छ । केही पूर्वसेनापति तथा पूर्वसुरक्षाकर्मीहरूले राजसंस्था पुनःस्थापनाको पक्षमा खुलेर समर्थन गरेका छन् ।


अब यस्तोमा राजा ज्ञानेन्द्र फर्किन खोज्दा सहयोग गर्ने केही विदेशी मुलुकहरु पनि छन जस्तै ः

नेपालमा राजसंस्थालाई खुलेर समर्थन गर्ने कुनै विदेशी सरकार हालसम्म देखिएको छैन । तर, केही देशहरू र त्यहाँका खास समूहहरूले अप्रत्यक्ष रूपमा राजसंस्थाप्रति सकारात्मक संकेत देखाएको अनुमान गर्न सकिन्छ ।

१. भारत ः भारत सरकारले आधिकारिक रूपमा गणतन्त्र नेपाललाई नै समर्थन गरेको छ, तर भारत भित्रका केही राष्ट्रवादी समूहहरू र विशिष्ट राजनीतिक व्यक्तित्वहरू राजसंस्थाको पक्षमा बोल्ने गरेका छन् ।

भारतीय हिन्दू राष्ट्रवादी समूहहरू (च्क्क् ० राष्ट्रिय स्वयंसेवक संघ, ख्ज्ए (विश्व हिन्दू परिषद्) ले नेपाललाई हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको समर्थन गरेको पाइन्छ ।

भारतका केही नेताहरू (विशेष गरी बीजेपीका केही सदस्यहरू) नेपालमा राजसंस्था फर्किए भारत–नेपाल सम्बन्ध सुदृढ हुने तर्क गर्छन् ।

२. चीन ः चीनले नेपालमा स्थायित्व चाहन्छ, चाहे त्यो राजसंस्था होस् वा गणतन्त्र । केही विश्लेषकहरू भन्छन् कि राजसंस्थाका बेला नेपालमा चीनसँग राम्रो सम्बन्ध थियो, र चीनले नेपाललाई भारतको प्रभावबाट अलग राख्न राजसंस्थालाई सन्तुलनको रूपमा हेर्न सक्थ्यो । तर, हाल चीन नेपाल सरकार (गणतन्त्र) सँगै सहकार्य गरिरहेको छ, र खुला रूपमा राजसंस्थाको पक्षमा उभिएको छैन ।

३. बेलायत ः बेलायतको शाही परिवार र नेपाली राजपरिवार बीच पहिले राम्रो सम्बन्ध थियो । गोरखा सैनिकहरू मार्फत बेलायतसँग नेपालका राजाहरूको निकट सम्बन्ध रहँदै आएको थियो । जसकारण बेलायमा पनि राजसंस्था रहीरहेकोले गर्दा नेपालमा हुँदा बेलायतको समर्थन रहने दाबी गर्नेहरु पनि छन । 

यसैगरी भुटान पनि त्यसमा जोडिएको अर्को एउटा नाम हो । पुर्व राजा ज्ञानेन्द्र भुटानका राजा सँगको निकटता सबैलाई थाहा छ ।

अब अर्को प्रश्न के खडा हुन्छ भने यदि नेपालमा राजा फर्किदा राजा को बन्ने होला सँभावना के छ ? भन्ने कुरामा यदि नेपालमा राजतन्त्र फर्किने अवस्था आयो भने यसमा प्रश्न धेरै हदसम्म राजनीतिक, कानुनी र सामाजिक सन्दर्भमा निर्भर गर्छ । जस्तै ः 

१. ज्ञानेन्द्र शाह ः नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह नै पुनः राजा बन्ने सम्भावना रहन्छ । यदि राजतन्त्र पुनस्र्थापना भयो भने, उनको अनुभवी नेतृत्वको आधारमा उनी नै पहिलो रोजाइमा पर्न सक्छन् ।

अर्को भनेका 

२. हृदयन्द्र शाह ः ज्ञानेन्द्र शाहका छोरा हृदयन्द्र शाह पनि सम्भावित उम्मेदवार हुन् । हाल उनी युवावस्थामा छन्, र केही राजावादी समूहहरूले उनलाई भावी राजा बन्न सक्ने व्यक्ति भनेर समर्थन गर्दै आएका छन् ।

तर एउटा कुरा के छ भने

यदि राजतन्त्र फर्काइए पनि, पुरानै शैलीको होइन, संवैधानिक राजतन्त्रको रूपमा फर्काइने सम्भावना बढी छ । यस्तो अवस्थामा, संसद, जनता वा कुनै संवैधानिक निकायबाट निर्णय गरेर नयाँ राजा चयन गर्ने सम्भावना पनि रहन्छ ।


Post a Comment

0 Comments