भारतको Kalinga Institute of Industrial Technology - KIIT मा नेपालीहरुलाई कौडीको भाउमा बेइज्जती गर्नुको यस्तो कारण

 


भारत र नेपाल बिचको सम्बन्धको गहिरो असर बुझने हो भने  

खुला सिमाना

रोटी–बेटीको सम्बन्ध 

पारिवारिक सम्बन्धहरू

साझा सांस्कृतिक पहिचान

विवाह र आपसी सम्बन्ध

सामाजिक र राजनीतिक प्रभाव

१९५० को दशकमा नेपालको भारतसँगको सम्झौताले स्थापित भएको यो सम्बन्ध हो आजको यो भिडियोमा देखाउन गइरहेका तथ्य अर्थात डेटा ।

कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा भर्खरै केही समय अगाडि एउटा महत्त्वपूर्ण घटना घटेको छन । होइन घटनाहरु घटेका छन ।

पहिलो फेब्रुअरी १६, २०२५ मा, रुपन्देहीको सिद्धार्थनगर–८, बैंक कलौनी घर भएकी प्रकृति लम्साल आफ्नो होस्टेल कोठामा मृत फेला परेकी थिइन् । केआईआईटीमा बिटेक थर्ड इयर अध्ययनरत विद्यार्थीहरुले लम्साललाई बारम्बार दुव्र्यवहारमा पर्दै आएको र यो घटनामा कलेज प्रशासनले चरम बेवास्ता गरेको बताएका छन् । प्रकृतिले एक महिनाअघि नै आफूलाई ब्यालकमेल गरी टर्चर दिने काम भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराएको परिवारका सदस्यले बताएका छन् । त्यसपछि यो घटनापछि नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गर्छन, र सो प्रदर्शनलाई दबाउन विश्वविद्यालय प्रशासनले ५०० भन्दा बढी नेपाली विद्यार्थीहरूलाई घर फर्कन निर्देशन दिन्छ ।

यो मात्र होइन नेपाल देशलाई नै आप्तीजनम टिकप्पणी गरेको यो भिडियो हेर्नुस । 

यो क्लिपमा हेर्नुहोस कसरी विश्वविद्यालय प्रशासनले भन्दै आएको शब्द के तिम्रो देश नेपालको जिडिपी हाम्रो खर्च धेरै छ । 

हामी तिमिहरुलाई पढन यो देशमा आउन दिएका छौं । 

निशुल्क खाना दिँदै आएको छौं ।

तिमिहरु सबै नेपाली विद्यार्थीहरु यस विश्वविद्यालय बाट निस्केपनि हामीहरुलाई केही फरक पर्नेवाला छैन भन्ने जस्ता शब्द 

सुनेर कस्तो नराम्रो महसुस हुन्छ भने प्रत्यक्ष त्यहाँ रहेका विद्यार्थीहरु माथि के कस्तो असर प¥यो होला ।

नेपालमा यो घटनाबारे संसद‍्देखि सदनसम्म कुरा उठछ । प्रधानमन्त्री कार्यालयले समेत यो घटनामा आफ्नो चासो देखाए पछि शिक्षा मन्त्रालयले भने केआईआईटीमा भएको घटना र समस्याको न्यायपूर्ण समाधान नगरिए वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी नै दिनु पर्ने बाध्यता रहन्छ ।  कुरा यतिमा रोकिदैन नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउन नेपाली राजदूताबास नयाँदिल्लीबाट नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी केआईआईटी पुग्छन । र चौतर्फी विवादपछि विश्वविद्यालय प्रशासनले साँझ विज्ञप्ति जारी गरी नेपाली विद्यार्थीलाई छात्रावासमा फर्कन आग्रह गर्छ ।

तब सम्म नेपाल र भारतभरीका घर घरमा यो कुरा अगोसरी फैलीसकेको हुन्छ । के कसरी नेपाली विद्यार्थीहरुलाई भारतको एउटा विश्वविद्यालयमा दुई जना सुरक्षा गार्डले गलत व्यवहार गरेका थिए भनेर हुन त हामी नेपालीहरुलाई सान्तवना दिन विश्वविद्यालय प्रशासनले ति दुई जना गार्डलाई बर्खास्त गरिदियो । तर अब कुराले सिमा नाघिसकेको छ । 

अब तपाई हामी एउटा प्रश्न खडा भएको छ के भारतमा यो व्यवहार यो अवस्था वा यो खाले घटना फेरी पनि नघटला त ? 

भारतमा उच्च शिक्षा अध्ययनका लागि जाने विदेशी विद्यार्थीहरूमध्ये नेपाली विद्यार्थीहरूको संख्या सबैभन्दा बढी छ । २०२२ मा, १ सय ७० देशका ४६ हजार ८ सय ७८ जना विदेशी विद्यार्थीहरूले भारतका विभिन्न विश्वविद्यालय र कलेजहरूमा भर्ना भएका थिए, जसमा २८ प्रतिशत अर्थात् १३ हजार १ सय २६ जना नेपाली विद्यार्थी थिए । 

जसमा नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा कर्नाटक प्रदेशको बेंग्लुरु सहरका विश्वविद्यालय र कलेजहरू पर्दछन् । २०२२ मा, बेंग्लुरुका कलेजहरूमा ६ हजारभन्दा बढी विदेशी विद्यार्थी भर्ना भएका थिए, जसमा ९० प्रतिशतभन्दा बढी नेपाली विद्यार्थी रहेको अनुमान छ । 

अझैयसमा नेपाली विद्यार्थी पढन गएका अन्य देशको कुरा गर्ने हो भने 

विश्वभरिका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीहरू विभिन्न दुव्र्यवहार र भेदभावका घटनाहरूको सामना गरिरहेका छन् । जस्तै ः 

नयाँ दिल्ली, भारत (२०१९) ः जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा अध्ययनरत नेपाली विद्यार्थीहरूले जातीय भेदभाव र दुव्र्यवहारको सामना गरेको रिपोर्ट गरिएको थियो । उनीहरूलाई ’चिनियाँ’ भनेर सम्बोधन गर्ने, अपमानजनक टिप्पणी गर्ने र सामाजिक बहिष्कार गर्ने जस्ता घटनाहरू भएका थिए ।

मेलबर्न, अष्ट्रेलिया (२०२०) ः मेलबर्न विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीले आफ्नो होस्टेलमा अन्य विद्यार्थीहरूबाट नस्लीय दुव्र्यवहारको सामना गरे । उनलाई ’एशियाली भाइरस’ भनेर सम्बोधन गरिएको थियो, विशेष गरी ऋइख्क्ष्म्–१९ महामारीको समयमा ।

लन्डन, बेलायत (२०२१) ः लन्डन स्कूल अफ इकोनोमिक्स (ीक्भ्) मा अध्ययनरत नेपाली विद्यार्थीहरूले कक्षा कोठामा र सामाजिक कार्यक्रमहरूमा भेदभावपूर्ण व्यवहारको सामना गरेको रिपोर्ट गरिएको थियो । उनीहरूलाई समूह गतिविधिहरूमा समावेश नगर्ने र उनीहरूको उच्चारणको मजाक उडाउने जस्ता घटनाहरू भएका थिए ।

टोकियो, जापान (२०२२) ः टोकियो विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले स्थानीय विद्यार्थीहरूबाट सांस्कृतिक भिन्नताका कारण दुव्र्यवहारको सामना गरे । उनीहरूको खाना, पोशाक र परम्परालाई लिएर अपमानजनक टिप्पणीहरू गरिएको थियो । 

अब यस्ता घटनाहरूले नेपाली विद्यार्थीहरूले विश्वभरिका विश्वविद्यालयहरूमा विभिन्न प्रकारका दुव्र्यवहार र भेदभावको सामना गरिरहेको देखाउँछ । कतिपयत तपाई हाम्रो जानकारी मै आएका छैनन तर सबै कुरा निहाल्दा अवस्था नाजुक नै छ । विद्यार्थीहरुको मात्रै होइन कामदारहरुको पनि अवस्था त्यस्तै छ भन्दा फरक न पर्ला 

नेपालीलाई हेपेर भनिने एउटा शब्द छ गोरखे ? यो शब्दमा हामी गर्व गछौं होला तर भारतीयहरुले हामी नेपालीलाई गोरखे र बहादुर नामले बोलाउने गरिन्छ । जुन नेपालीलाई पनि गोरखे र बहादुर भनिने देश हो भारत । 

उनलाई लाग्छ के नेपालमा भिखारीहरु मात्रै बस्छन सबै नेपाली फोहोरी हुन्छन । कसैले उनीहरुलाई नेपालको बारेमा उनको धारणा कति गलत छ त्यो कुरामा उनीहरुको आँखा खोलिदियोस । किनकी सबै नेपाली सुरक्षा गार्ड हुँदैनन । सबै नेपाली रातीमा लट्ठी हान्ने चौकिदार हुँदैनन । सबै नेपाली भारतमा गाडी मात्रै धुधैनन । 

भारतमा काम गर्ने नेपाली कामदारहरूका विषयमा सन् २०१८ मा प्रकाशित एक अध्ययनले उनीहरूलाई तलब नपाउने, कामको असुरक्षा, र कानूनी संरक्षणको अभाव जस्ता चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गरेको छ । नेपाल र भारतबीचको खुला सीमाना र सन् १९५० को शान्ति तथा मैत्री सन्धिका कारण, नेपाली कामदारहरूको तथ्यांक संकलन र उनीहरूको अधिकार संरक्षणमा कठिनाइहरू छन् । यसले गर्दा उनीहरूलाई श्रम कानूनी सुरक्षा, बीमा सुविधा, र अन्य सामाजिक सुरक्षाबाट वञ्चित गराएको छ । यस समस्याको समाधानका लागि, नेपाल सरकारले भारतमा काम गर्ने नेपाली कामदारहरूको तथ्यांक संकलन, बीमा सुविधा प्रदान गर्ने, र उनीहरूको अधिकार संरक्षणका लागि नीतिगत पहलहरू समेत गर्नसकेको छैन । अनि कसरी हुन्छ नेपालीहरुको सुरक्षाको ग्यारेन्टी ?

यो म यत्तिकै भनीराखेको छैन 

केही समय अगाडि महाराष्ट्रको जलगाउँ रेल दुर्घटना (जनवरी २०२५)ः महाराष्ट्र राज्यको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको थियो, जसमा ७ जना नेपाली नागरिक थिए । मृतकमध्ये पाँच जना सुदूरपश्चिम प्रदेशका थिए—चार जना अछाम र एक जना कैलालीका । 

अर्को घटना नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड (फेब्रुअरी २०२५)ः नयाँ दिल्ली रेलवे स्टेशनमा फेब्रुअरी १५, २०२५ मा भएको भागदौडमा १५ जनाको मृत्यु भएको थियो, भने १० भन्दा बढी घाइते भएका थिए । मृतकमध्ये केही नेपाली नागरिक पनि रहेको आशंका छ, तर यकिन विवरण उपलब्ध छैन ।

मृतक परिवारलाई कस्ले सोध्यो ? कसले राहत दियो ? राहत दिने नाममा राजनिति मात्रै भयो ।   



यतिमा यो विश्वविद्यालयलाई छोडिदैन अझै त भुत्ला समेत उखेल्न बाँकि नै छ ।

“४० हजार बच्चे पढ्ते है यहाँ । सबको फ्री में खाना खिलातें है । तुमहारा कन्ट्रीका बजेट नहीं होगा इतना । जितना हामारा खर्च है जस्तो अभिव्यक्ति भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका ‘क्यूसी फोर’ की होस्टेल डाइरेक्टर जयन्ती नाथको हो । यद्यपि, उनले पर्सीपल्ट सामाजिक सञ्जालमार्फत माफी मागेकी छन् ।




केआईआईटी विश्वविद्यालयका नेपाली विद्यार्थीहरूको संख्या ठ्याक्कै यकिन नभए पनि लगभग १५ सयभन्दा बढी रहेको त्यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् ।

केआईआईटी पढ्न जानेमा मधेश प्रदेशका सबै जिल्लासहित काठमाडौँ, पोखरा, बनेपा, बुटवल, विराटनगर, नेपालगन्ज, इटहरी र भैरहवाका विद्यार्थी छन् । त्यहाँ अध्ययन गरिरहेका १९ जना विद्यार्थीसँग कुराकानी गर्दा उनीहरू फरक माध्यमबाट गएको पाइयो । विशेषगरी तीन तरिकाबाट विद्यार्थी त्यहाँ पुगेका छन – कन्सल्टेन्सी, पढिरहेको कलेजको सिफारिस र साथीभाइको माध्यमबाट ।

कन्सल्टेन्सीमार्फत भर्ना – केआईआईटीले आधिकारिक रूपमा नेपालको कुनै कन्सल्टेन्सीलाई ‘रेक्रुटमेन्ट पार्टनर’ बनाएको छैन । तर धेरै नेपाली विद्यार्थी काठमाडौँस्थित पुतलीसडकमा रहेका ‘एडमिज एजुकेसन कन्सलटेन्सी’बाट जाने गरेका छन् । धेरै जसो विद्यार्थीहरु यही कन्सलटेन्सीबाट केआईआईटी गएका हुन् ।

एडमिजले सस्तो शुल्कमा राम्रो शिक्षा मिल्ने जानकारी दिएपछि धेरै जसो विद्यार्थी त्यहाँ गएको बताइन्छ । कतिपय बताउँछन् । के उनलाई शुरूदेखि नै कम्प्युटर इन्जिनियर बन्न मन हुँदा नि नेपालमा राम्रो पढाइ होला जस्तो नलागेपछि र ठुला देशहरुमा धेरै पैसा लाग्ने भएपछि त्यहीबेला एडमिजबारे थाहा पाएर बुझ्न जाँदा फि तिर्नसक्ने जस्तो लागेर गएँ ।

एडमिज कन्सलटेन्सीकी ‘कन्ट्री डाइरेक्टर’ सम्झना पोखरेल पनि अन्य कन्सल्टेन्सीले भन्दा आफूहरूले धेरै विद्यार्थी पठाउने गरेको बताउँछिन् । सन् २०१७ देखि नै नेपाली विद्यार्थी केआईआईटीमा पठाउने गरेको उनले जानकारी दिइन् ।

विद्यार्थीहरू प्रायः इन्जिनियरिङ, त्यसमा पनि कम्प्युटर पढ्न जान्छन् । अफोर्डेबल प्राइसका लागि उनीअरु केआईआईटी नै भन्छन र वार्षिक ४०–४५ जना विद्यार्थी त्यहाँ पठाउछन ।

यस बाहेक छात्रवृत्ति पाएर गएकाहरूको संख्या १०० देखि १५० सम्म हुनसक्ने उनको भनाइ छ । भारतीय राजदूतावासले वार्षिक १५ देखि २० जनालाई छात्रवृत्ति दिएर त्यहाँ पठाउँछ ।

चार वर्षे इन्जिनियरिङका लागि केआईआईटीले कुल १२ लाख २० हजार रूपैयाँ लिन्थ्यो । तर दुई साताअघि मात्रै ५ लाख ४० हजार रूपैयाँ बढाएको छ । अब त्यहाँ जाने विद्यार्थीले १७ लाख ६० हजार रूपैयाँ तिर्नुपर्छ ।

यस बाहेक काठमाडौँको पुतलीसडकस्थित ग्लोबल ऐज कन्सल्टेन्सीबाट पनि केही विद्यार्थीहरु केआईआईटी पुगेका छन । 

अर्को भनेको काठमाण्डौं शान्तिनगरको पाथ्र्वी कन्सल्टेन्सी मार्फत केआईआईटी जाने गरेका छन विद्यार्थीहरु 

इन्जिनियरिङ पढ्न केआईआईटी पठाउने कन्सल्टेन्सी काठमाडौँमा मात्र नभई अन्य शहरमा पनि छन् । मुख्यगरी जनकपुरको वाइडरेन्ज र भिजन पोइन्ट, वीरगन्जको अन्सटप्पेबल र तराई एजुकेसन, बुटवलको एजुकेयर र अस्क्यान तथा विराटनगरको एसीएस र रअ इन्टरनेसनल कन्सल्टेन्सीले नेपाली विद्यार्थी केआईआईटी पठाउँछन् । 

बाँकी कन्सल्टेन्सीले पनि छिट्फुट पठाउने गरेका छन् । कतिपयले चाहिँ त्यहाँ जान चाहने विद्यार्थीलाई एडमिजमा पठाउने गरेका छन्, जसबाट उनीहरूले पनि केही रकम कमिसन लिन्छन् ।

केआईआईटीमा अन्य विषय पढाइ भए पनि इन्जिनियरिङकै लागि जाने धेरै छन् । केही भने बीबीए, बीसीए र बीएएलएलबी पढ्न गएका छन् । 

यस बाहेक निजी क्याम्पसले पनि पठाउँछन्

केआईआईटीमा नेपाली विद्यार्थी त्यहाँ पुग्नुको कारण नेपालकै निजी क्याम्पसहरू भएको बताइनछ । कतिपयका अनुसार क्याम्पसहरूले १२ कक्षाको वार्षिक परीक्षाभन्दा ५–६ महिना अगाडि नै विद्यार्थीलाई भ्रमणमा केआईआईटी लैजान्छन् । 

वीरगन्जकै अल्पाइन क्याम्पस र नेसनल इन्फोटेकले प्रत्येक वर्ष भ्रमणमा विद्यार्थीहरू त्यहाँ लैजान्छन् । फर्केर आएपछि बारम्बार विद्यार्थीहरूलाई त्यही विश्वविद्यालयको उदाहरण दिइन्छ । पढाइ सकिन लाग्दा नामै तोकेर सिफारिस गरिन्छ ।

कतिपयले आफैले विश्वविद्यालयको वेबसाइटमा फारम भरेर त्यहाँ पुगेका पनि छन । 

कतिपय आफू कलेजको सिफारिसबाट नगए पनि कक्षा १२ को परीक्षा दिएर निस्किने बेला केआईआईटीको ‘प्रोस्पेक्टस’ हेर्न पाएका थिए । ढोकैमा बाँडिरहेको अवस्थामा प्रोस्पेकट पाएको पनि अवस्था छ । अझ कतिपय क्याम्पसको सरले आफैले त्यहाँ (शुल्क) छुट गराइदिन्छु भन्दै विद्यार्थी पठाएको उदाहरणहरु पनि छन । 

जनकपुरमा १५ वर्ष कन्सल्टेन्सीमा काम गरेर अघिल्लो वर्ष मात्रै ‘कोचिङ सेन्टर’ चलाउन थालेका दीपेश सिंहका अनुसार, नेपाली विद्यार्थी र केआईआईटीको सम्बन्ध पुरानो छ । नेपालबाट त्यहाँ योजनाबद्ध रूपमै विद्यार्थी लगिने उनको दाबी छ ।

यहाँ सबै सेटिङमा चल्छ । केआईआईटी, कन्सल्टेन्सी, क्याम्पस र शिक्षकको नेक्सस छ । नेक्ससबाटै विद्यार्थीहरू त्यहाँ पुग्छन् । वीरगन्जका एकदुईटा कलेजले सिधै विद्यार्थी त्यहाँ पठाउँछन् । कतिपय कलेजमा पढाउने शिक्षकहरूले यो ¥याकेट चलाउँछन् र प्रतिविद्यार्थी कम्तीमा पनि ५० हजार पाउँछन् ।

केआईआईटीमा प्रत्येक वर्ष ३०० देखि ३५० नेपाली विद्यार्थी भर्ना हुन्छन् । सबैभन्दा धेरै विद्यार्थी वीरगन्ज र जनकपुरका भएको हाम्रो अनुमान छ । केआईआईटीको एउटा विशेषता भनौँ कि खराबी, त्यहाँ सिट सीमितता नै छैन । जति जान्छन्, सबैले पढ्न पाउँछन् । अहिले हेरौँ न, विद्यार्थी ह्वारह्वारती आउन थालेपछि एकैपटक ५ लाख ४० हजार रूपैयाँ बढाइदियो ।

साथीभाइको सल्लाहमा भर्ना

अवस्था यस्तो छ के १२ को पढाइ शुरू भएको पहिलो महिना नै उनले भुवनेश्वरको केआईआईटी जाने मन बनाइसकेका हुन्छन । कारण हो ति प्राय जसोका आफन्त वा दाजु दिदी त्यहीँ पढदै छन । ती आफन्तले उनलाई उतै आउन हौसाइरहेका हुन्छन ।

किन यो आफन्तवादले विद्यार्थी तान्न आतुर देखिएका भने केआईआईटीका लागि विद्यार्थी ल्याइदिनेले प्रति विद्यार्थी ५० हजार पाउँदो रहेछन त्यसैले शुरूमा सबैले आफन्तलाई नै तान्दा रहेछन् । कमसे कम अधिकांशले एक जना विद्यार्थी ल्याएकै हुन्छ ।

नेपाली विद्यार्थी लैजान केआईआईटीले आफ्ना धेरै प्रतिनिधि नेपालमा राख्ने गरेको उनी बताउँछन् ।



 

Post a Comment

0 Comments