Finally! PayPal Nepal मा आउँदैछ 🔥 | The Wait is Over for Nepali Freelancers!

 


ATF Financial Action Task Force को ग्रे लिस्टमा नेपालको नाम देखिएपछि नेपालमा जुन दुखद समाचार सुन्न पाइएको थियो त्यसपछि अब अलिकति हाम्रो लागि खुशी र भनौ केही राहतको खबर पनि एउटा आएको छ । जसको बारेमा हामी कुरा गर्ने नै छौं किनकी नेपालमा डिजिटल वालेटहरूप्रति मानिसहरूको विश्वास कम भइरहेको अवस्था जुन बनेको छ जसले गर्दा 

१. साइबर सेक्युरिटीमा ट्रस्ट टुटनु

२. कस्टमर सर्भिसमा कमजोरी

३. पेमेन्ट रिफण्डमा ढिलाइ र अडकिएर बस्ने पैसा

४. फ्रड केसहरू

५. डिजिस्टल अवेयरनेसमा कमी

६. कम्पनीहरू प्रति विश्वासको कमी

यि यस्ता केही समस्याहरुको सामना गरिरहेकै समयमा र नेपालका छिमेकी देशहरूमध्ये चीन र भारतमा एबथएब िसेवा उपलब्ध भइरहेकै अवस्थामा नेपाल पनि यो एबथएब िसेवा छिटै आउने खबरले बजार तातेको अवस्था छ । 

अहिलेको खबर अनुसार PayPal नेपालमा इन्ट्री गर्ने तयारीमा छ । जानकारी अनुसार च्झष्ततबलअभ Remittance Receive गर्ने कुराहरुबाट बिस्तारै Global Payment  गर्न सक्ने सम्मको योजना अनुसार पेपल लाई नेपाल ल्याउने तैयारी भइरहेको छ । तर शुरुआती चरणमा ट्रान्जेक्सन्समा थोरै मात्रै अधिकार दिइने तर पछि विस्तारै बजारको डिमाण्ड अनुसार फिचरहरु वा भनौं अप्सनहरुको पहुचको अधिकार बढाउनेछ । खबर अनुसार नेपालमा Fonepay र Standard Chartered Bank  ले पनि यस प्रक्रियामा पहल गरिरहेका छन् र मिलेर नेपाल राष्ट्र बैंकको निगरानीमा रोल आउट प्लान गरेको छ । त्यसकारण छिटै यो खुशीको खबर तपाई हामीले सुन्न पाउनुहुनेछ ।

अब सरकारलाई पनि खास्सै टाउको दुखाइ यसलाई नेपाल ल्याउने बारे केही नहुन पर्ने हो किनभने सरकारलाई जुन क्रिप्टोकरेन्सी कारोबार पेपल मार्फत गरिन्छ कि भनेर जुन सोच आएको थियो त्यसमा पनि पेपलले क्लियरली भनीसकेको छ केPayPal बाट क्रिप्टोकरेन्सी कारोबार हालको अवस्थामा अमेरिका, बेलायत, र केही सीमित देशहरूमा मात्र उपलब्ध छ । तर, यो सेवा नेपाल लगायत धेरै देशहरूमा अहिलेसम्म उपलब्ध हुने वाला छैन । तर सरकारले जुन शुरुआती चरणमा पेपलमा केही लिमिटेड अप्सन दिँदै बिस्तारै बाँकि सुविधाहरु दिने कुरा छ त्यसमा सरकारलाई चिन्तमुक्त हुन पनि मिल्दैन किनभने नेपालमा PayPal बाट क्रिप्टो कारोबार सम्भव नभए पनि Binance, KuCoin, OKX जस्ता एक्सचेन्जहरू बढी प्रचलित छन् । जुन नेपालीहरुले यहाँको पैसा त्यसमा लगानी गर्न सक्ने अवस्था छ । त्यो लिमिटेड अप्सनमार्फत जाने निर्णय सरकारको सेफ लयाण्डीङको कुरा हुन सक्छ ।


नेपाली डिजिटल वालेट भर्सेस पेपल को कुरा गरौं :



PayPal नआउँदा नेपाल र संसार बिचको दुरी यस्तो छ जसले गदाृ हामी नेपाली धेरेपछि परेका छौं । नेपालमा PayPal जस्ता अन्तर्राष्ट्रिय Payment Gateway  नआउँदा, नेपाल र Global Market  बिच ठूलो आर्थिक दुरी रहेको छ ।

यस्तोमा जब नेपालमा आजको सायमा नेपालको आइटी सेक्टरले लगभग 1 खर्बको मार्केट क्याप लाई क्रस गरिसकेपछि यदि पेपल नेपालमा आयो भने बुझनुहोस यो आक्डा लगभग 50 खर्ब पनि पार गर्दा अचम्म मान्नु पर्ने अवस्था रहँदैन । किनकि पेपल नहुँदा आजको नेपाली युवा Global Freelancing Market  मा फुल्ली पार्टीसिपेट गर्नबाट बञ्चित भइरहेका छन् ।

नेपाली व्यवसायीहरूले Global ग्राहकहरूलाई सेवा दिन सकिरहेका छैनन् । डिजिटल अर्थतन्त्रमा नेपाल पछाडि परिरहेको छ ।

यदि PayPal नेपालमा आयो भने, नेपालको डिजिटल अर्थतन्त्रले अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रुपमा प्रतिस्पर्धा गर्न सक्नेछ । 

यतिमात्रै होइन PayPal नेपालमा आएपछि कुन–कुन Sector फाइदामा, कुन Sector घाटामा हुनेछ यसमा एनलाइसेस गरौं ?

पहिले हामी चर्चा गरौं के यदि PayPal नेपालमा आयो भने, यसले कुन–कुन क्षेत्रमा क्रान्ति ल्याउनेछ भनेर ? र नेपाली Digital Wallet हरूसँग कस्तो प्रतिस्पर्धा हुनेछ ?

नेपालका हजारौं युवाहरूFreelancing, Online Businessर Digital Services मा काम गरिरहेका छन् । तर, Payment Gateway को अभावमा उनीहरू आफ्नो कमाई सजिलै पाउन सकिरहेका छैनन् ।

तर अब यदि PayPal नेपालमा आयो भने, धेरै कुरा बदलिनेछन् ।

1.     🎯 Freelancing & IT Services

2.     🛒 E-commerce & Online Shopping

3.     ✈️ Travel & Tourism

4.     📚 Education & Online Courses

5.     🎨 Digital Services (Graphics, Music, Video Editing)

🎯 यि क्षेत्रका लागि PayPal एकदमै गेमचेंजर सावित हुनेछ ।

Spotify, Apple Music  र Different platforms बाट Royalty Payment सजिलै लिन सकिन्छ । 

–      Digital Product बेच्नेहरुले Global Marketplace मा सजिलै काम गर्न सक्छन् ।

🔥 तर...  कुन क्षेत्र घाटामा ? किनकी सबै कुरा राम्रो मात्र हुँदैन केही बेफाइदा पनि त होलान यसका ।

👉 नेपालका Digital Wallet -eSewa, Khalti, IME Payयी ध्बििभत हरूले अहिले नेपाली बजारमा एकाधिकार जमाएका छन् ।

तर PayPal आएपछि Online Shopping, Subscription Services, रFreelancing को पैसा सिधै PayPal बाट आउने भएकाले यिनीहरूको बजारमा असर पर्न सक्छ ।

प्रतिस्पर्धा वृद्धि -High Competition_ : PayPalको विश्वसनीयता र सुविधा हेर्दा, नेपाली Wallets हरू जस्तै लाई प्रतिस्पर्धा गर्न गाह्रो हुन सक्छ ।

Transaction Charge : PayPal ले अधिकतर देशमा उच्च Transaction Charge लिन्छ । यदि त्यही शुल्क नेपालमा लागू भयो भने, नेपाली Wallets हरूको तुलनामा महँगो हुन सक्छ । 

वैदेशिक मुद्रा बाहिरिने जोखिम -Currency Outflow_ : PayPal ले सजिलै International Payment Enable गराउने भएकाले, नेपालबाट बाहिरिने विदेशी मुद्रा दर बढ्न सक्छ ।

अब प्रश्न तपाईंलाई छ । तपाईंलाई के लाग्छ, PayPal नेपालमा आउँदा eSewa र Khalti टिक्न सक्छन् त ? अर्को भनेको PayPal को आगमनले नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?



Post a Comment

0 Comments