एनआइसी एसिया बैंक, निफ्रा, एलआइसी नेपाल, यति ब्रुअरी, प्रुडेन्सियल इन्स्योरेन्स युनाइटेड डिस्ट्रीबयुटर नेपाल, ओले, एस कलेज, सीता एअर, सुजुकी, एमजी मोर्टस, मजदा, रिनोल्ट्स, जिडब्ल्युएम यस्तै यस्तै ६० भन्दा बढी कम्पनीहरूको परिवार हो आजको यो विशाल ग्रुप ।
धरानमा कपडा पसल खोलेर अग्रवाल परिवारको स्वामित्वमा रहेको व्यापार समूह विशाल ग्रुपको बीउ सन् १९४० को दशकमा रोपिएको थियो । अग्रवाल परिवारको नेतृत्व गोरधनदास अग्रवालले गरेका थिए, जो इलामबाट आएर धरानमा कपडाको व्यापार शुरु गरेका थिए । त्यसबेला देखि, समूहले बिस्तारै आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ र समय बित्दै जाँदा, तिनीहरू नेपालको सबैभन्दा सफल र अग्रणी व्यापार समूहहरू मध्ये एक बनेको छ । यो सबै श्री गोरधनदासको दूरदर्शी नेतृत्वले गर्दा भएको हो । गोरधनदास अग्रवाल, जसको स्टोरीे अझै पनि भावी पुस्तालाई प्रेरणा दिन्छ । धरानको एउटा सानो कपडा पसलको सामान्य सुरुवातबाट सुरु भएको आज २०,००० कर्मचारीहरूको परिवार हो विशाल ग्रुप । परिवारले अर्को केही दशकसम्म व्यापारमा मात्र ध्यान केन्द्रित ग¥यो विशेष गरी भारतबाट कपडा आयातमा । पछि चीनबाट पनि कपडा आयात गर्न थाले । भारत र चीन बाहेक अन्तर्राष्ट्रिय व्यापारमा उनीहरूको प्रगति बिस्तारै नेपालका लागि विभिन्न औद्योगिक इनपुट र अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिस्ट्रीब्युटरको रूपमा सुरु भयो ।
विशाल ग्रुप नेपालको टप व्यापार ग्रुपहरु मध्ये एक हो जसले नेपालमा १० वटा भन्दा बढी प्रमुख व्यवसायिक क्षेत्रहरूमा जस्तै कृषि, अटोमोबाइल, बैंकिङ र वित्तिय क्षेत्र, ब्युटी एण्ड कस्मेटिक्स, परामर्श, डिस्ट्रीब्युसन, बेबी केयर, एफएमसीजी, स्वास्थ्य र कल्याण, शिक्षा, आतिथ्य, निर्माण, सामाजिक व्यापार र सिएसआर आदि व्यसाय सञ्चालन गर्दे आएको छ । विशाल ग्रुपले नेपाली अर्थतन्त्र र समाजमा ठूलो योगदान पु¥याउँदै आएको छ ।
यसका साथै विशाल ग्रुपले आफ्नो व्यापार समूहका केही उच्च पदाधिकारीहरु नेपाल वैदेशिक व्यापार संघ, एफएनसीसीआई, नेपाल चेम्बर अफ कमर्स, मोरङ उद्योग संघ, सीएनआई लगायतका ठाउँहरुमा कार्यरत छन । यसको मुख्य कारण विशाल ग्रुपलाई व्यापारमा सहजीकरण होअस भनेर ।
विशाल ग्रुपले आफ्नो यात्रा सुरु गरेको करिब आठ दशक भइसकेको छ । धेरै सानो र आधारभूत कम्पनीको रूपमा सुरु भएको विशाल समूह आज एक प्रमुख समूह हो श्री गोरधन दासको दूरदर्शी नेतृत्व र उनको दूरदृष्टि पछ्याउँदै आज अध्यक्ष जगदीश प्रसाद अग्रवाल, उपाध्यक्ष त्रिलोक चन्द र तुलसी रामका साथै प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल लगायतले कम्पनीको वृद्धि र सफलताका लागि दिन रात खटीररहेका छन । सन् १९६० को दशकको शुरुआती समयमा कम्पनीले फास्ट मुभिङ कन्ज्युमिङ गुड्सको क्षेत्रमा प्रवेश गरि पी एण्ड जी, ब्रिटानिया, युनाइटेड बिस्कुट, जिएसके जस्ता बहुराष्ट्रिय ब्राण्डलाई नेपालमा वितरण गर्दै आएको छ ।
व्यापार व्यवसाय फस्टाउँदै गएपछि विशाल समूहले सन् १९८० को दशकमा विभिन्न क्षेत्रमा विविधीकरण गर्न थाल्यो । १९८७ मा, तिनीहरूले कमला आइरन उद्योग स्थापना गरे जुन पछि कमला रोलिङ प्रालिमा परिणत भयो । एकै समयमा, समूह ब्याट्री उत्पादनमा पनि संलग्न थियो । १९९० मा, तिनीहरूले टूथपेस्ट निर्माण कारखाना स्थापना गरे । यस समूहको शाखा अन्तर्गत मैनावती स्टिल नामको स्टिल कारखाना पनि छ । समूहले थप विविधीकरण तर्फ अर्काे पाइला अघि बढायो, सन १९९० को मध्यमा वित्तीय क्षेत्रमा प्रवेश गरी नेपालको एक अग्रणी व्यापारिक घरानाको रूपमा आफ्नो स्थिति सुदृढ पा¥यो । साथै सामाजिक उत्तरदायित्वलाई पुरा गर्ने उद्धेश्यले सन् २००८ देखि विशाल ग्रुप फाउण्डेशन स्थापित भई सामाजिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।
वित्तीय सेवा क्षेत्र नेपालको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । देशको वित्तीय क्षेत्रको विस्तारमा ठूलो योगदान पु¥याउने यस्ता व्यवसायिक घरानामध्ये विशाल ग्रुप नेपाल पनि एक हो । विशाल समूहले सन् १९९० को मध्यतिर बैंकिङ र फाइनान्समा प्रवेश गरेको थियो । अहिले विशाल समूहले एनआईसी बैंक, बैंक अफ एसिया र एलआईसी नेपाल, प्रुडेन्सियल इन्स्योरेन्स जस्ता आफ्ना उद्यमहरूसँग यस क्षेत्रलाई ठूलो रूपमा चलाइरहेको छ । यो नेपालकै सबैभन्दा पारदर्शी र जीवन्त कम्पनी हो ।
यो समूहले विराटनगर र काठमाडौंमा रहेको दिल्ली पब्लिक स्कूललाई प्रवद्र्धन गर्दै र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा पनि साझेदारको रूपमा शिक्षा क्षेत्रमा प्रवेश गरेको छ । फोक्सवागन (जर्मनी), सुजुकी मोटरसाइकल इन्डिया प्रा.लि र कोबेल्को कन्स्ट्रक्सन मेसिनरीको प्रतिनिधित्व गर्ने अटोमोबाइल उद्योगमा पनि यसको उपस्थिति रहेको छ ।
नेपालको प्रमुख व्यापारिक घराना मध्येको एक विशाल समूहले फलाम तथा स्टिल उत्पादन, बैंकिङ, जीवन बीमा र वितरण जस्ता विभिन्न क्षेत्रमा आफ्नो स्थान निकै सफल र सुदृढ बनाएको छ । यस बाहेक विशाल ग्रुप नेपालले जलविद्युत, सिमेन्ट, कृषि र शिक्षाका क्षेत्रमा पनि ध्यान केन्द्रित गरेको छ ।
विशाल समूहको उत्कृष्ट सफलतालाई सरकार र विभिन्न निकायहरूले विभिन्न पुरस्कार र मान्यताहरूद्वारा सम्मानित गरेका छन । समूहका कतिपय सदस्य तथा कम्पनीहरु आ–आफ्नो विधा र क्षेत्रमा नेपालको सबैभन्दा बढी कर तिर्नेमा परेका छन भने समूहका अध्यक्षले देशका लागि गरेको योगदानको कदर गर्दै राष्ट्रिय पुरस्कार सम्म पनि प्राप्त गरिसकेका छन ।
बैंकिङ र वित्त
एनआइसी एसि एसिया, नेपाल इनफ्रास्ट्रक्चर बैंक लिमिटेड, एनआइसी एसिया लघुबित्तिय संस्था
इन्स्योरेन्स तर्फ
एलआइसी नेपाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
मेनुफयाक्चरीङ अर्थात उत्पादन तर्फ
कमला रोलिङ स्टिल, एमएसआई, ग्रिन टायर्स, ग्रिन कन्सट्रक्शन, यति ब्रुअरी, पार्ले एग्रो, ब्युटी एण्ड लाइफस्टाइल, ओपिआई, आटर बक्स, पु–पौरी, रिमेल, सैली हयानसेन, फोरेयो, ओले, यस बाहेक ब्युटी एण्ड लाइफस्टाइल अन्र्तगत द ब्युटी ल्याब र रेड सेलुन पनि संचालनमा छन ।
डिस्ट्रबयुसन तर्फ
युनाइटेड डिस्ट्रीबयुटर नेपाल, इन्डेक्स डिस्ट्रीबयुटर प्रा.लि., डेल्टा डिस्ट्रीबयुटर प्रा.लि., ग्लोबल ट्रेडिङ कन्सर्न, एसियन डिस्ट्रीबयुटर प्रा.लि.
शोशेल बिजनेश तर्फ
भिजी फाउण्डेशन, ग्रिन ब्याट्री, ग्रिन भेन्चर्स, नेपाल फाउण्डेशन फर सस्टेनेबल डेबलपमेन्ट
भिजि एजुकेशन, गोरधन दास कमलावती
शिक्षा तर्फ
एस कलेज, राई स्कुल, बृहस्पति विद्या सदन, इस्टर्न कलेज अफ इन्जिनियरिङ, दिल्ली पब्लिक स्कुल, सुकल्प एमहाइएर,
हस्पीटालिटी क्षेत्र तर्फ
सीता एअर, लिफ हस्पीटालिटी, काव्या
रिटेल व्यवसाय तर्फ
ओमेगा हाउसिङ प्रा. लि., सेन्र्टल मल बिराटनगर
मनोरंजन क्षेत्र तर्फ
सेन्ट्रल मल्टीप्लेक्स
ओटोमोबाइल तर्फ
सुजुकी फोरविलर, एमजी मोर्टस, मजदा, रिनोल्ट्स, कोबेल्को, विडोल, जिडब्ल्युएम, म्याक्सस, अतुल, मोतुल
कन्सल्टीङ अर्थात परामर्श
रोसिया (रिटेल अर्डर एण्ड सेल्स इन्फरमेशन एप्लीकेशन), आर–म्याप, वायरलेस डिजिटल कन्सल्टीङ, लाइफ साइन्सेज, फाइनान्सीयल इन्टेलीजेन्स
0 Comments