How big is NCELL?

एनसेलको सानो गित बज्छ ..... यो आवाज नसुन्नेहरु कति छौं होला र ? शायद एकदमै कम । यो आवाज एनसेलका ग्राहकहरुलाई राम्ररी थाहा छ । आउनुहोस आजको यस भिडियोमा हामी एनसेलको इतिहास देखि वर्तमानसम्म सम्पुर्ण जानकारी अबको ८ मिनेटको छोटो समयमा दिने प्रयास गर्नेछौं । 

एनसेल नेपालको सबैभन्दा दोस्रो ठुलो कम्पनी त हो नै आज यो नाम नेपालको घर घरमा र प्रत्येक नेपालीहरुको हात हात मा पुगीसकेको छ । कर तिर्ने कुरामा पनि यो कम्पनी तेस्रो सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । यसले नेपालमा रोजगरीमा पनि ठुलो भुमिका निर्वाह गर्दै आइरहेको छ प्रत्यक्ष र अप्रत्यक्ष यस कम्पनीले नेपाल अधिराज्यभरी गरी कुल ५० हजार भन्दा बढी मानिसहरुलाई रोजगार प्रदान गर्दै आईरहेको छ । एनसेलको सिम नेपालको लगभग ४५ प्रतिशत जनसंख्याले प्रयोग गर्दछ । आखिर एनसेल कसरी आजको यति सफल कम्पनीको रुपमा स्थापित भयो ? यति ठुलो साम्राज्य खडा हुनु पछाडिको यसको इतिहास बुझन जरुरी छ त्यसका लागि आउनुहोस इतिहासमा जाऔं । 

सन् १९९९ मा, नेपालमा टेलि–घनत्व प्रति १०० बासिन्दा एक लाइन थियो । सन १९९७ को दूरसञ्चार ऐनले ४ मार्च १९९८ मा नेपाल दूरसञ्चार प्राधिकरण ९ल्त्ब्० नामक नियामक निकायको स्थापना ग¥यो । नेपाल सरकारले पुरानो दूरसञ्चार नीति, १९९९ लाई प्रतिस्थापन गर्दै दूरसञ्चार नीति, २००४ पारित ग¥यो । २००३ सम्म, सरकारी स्वामित्वको नेपाल दूरसञ्चार निगम ९ल्त्ऋ० नेपालमा एक मात्र दूरसञ्चार कम्पनी थियो । श्री ५ को नेपाल सरकारको डिसेम्बर २५, १९९५ को निर्णयले दूरसञ्चार सेवाको विकासमा निजी क्षेत्रलाई संलग्न गराउने बाटो खुला ग¥यो । स्पाइस नेपाल प्राइभेट लिमिटेड, अहिलेको एनसेल, २००४ मा स्थापना भएको पहिलो निजी जीएसएम मोबाइल अपरेटर थियो । एनसेलले तत्कालीन सरकारी दूरसञ्चार कम्पनी ‘नेपाल टेलिकम’को एकाधिकार तोड्यो र नेपालमा सेलुलर दूरसञ्चार सेवाको लागि नयाँ युगको सुरुवात ग¥यो । सन् २००० मा, मोबाइल फोन सामान्य मानिसको पहुँच भन्दा धेरै माथि थियो । नेपालीहरूका लागि फोनको डाउन पेमेन्ट मात्रै होइन, उनीहरूले कल गर्न र रिसिभ गर्न पनि चर्काे शुल्क व्यहोर्नुपरेको थियो । साथै त्यो बेला नेपाल टेलिकमको एउटा कनेक्सन खरीदन गर्न महीनौं समय लाग्थ्यो र नम्बर पनि छनौट गर्ने अधिकार थिएन जुन नम्बर टेलिकमले वितरण ग¥यो त्यो नै स्विकार गर्नु पर्ने बाध्यता थियो तर अहिलेको समयमा सिमकार्ड पाउन त्यति गाह्रो छैन । तपाईलाई आफ्नो नागरिकताको प्रतिलिपि, राहदानी साइजको फोटो, र रु. १०० । यति हो र तपाईले नजिकैको मोबाइल पसलमा सिम कार्ड प्राप्त गर्न र किन्न सक्नुहुन्छ । 

स्पाइस नेपाल प्राइभेट लिमिटेड, २००४ मा स्थापना भएको कम्पनीले १७ सेप्टेम्बर २००५ मा काठमाडौंमा मेरो मोबाइलको रूपमा आफ्नो व्यावसायिक सेवाहरू प्रस्तुत ग¥यो । नेपाल टेलिकमले सुरुदेखि नै पीएसटीएन र जीएसएम सेवा प्रदान ग¥यो । दूरसञ्चारमा लगानी गर्नु र सरकारी एजेन्सीहरूसँग प्रतिस्पर्धा गर्नु त्यतिबेला ठूलो जोखिम त थियो नै । तर कम्पनीले आफ्नो सेवा विस्तार गर्दै गयो । कम्पनीले सेवा त विस्तार ग¥यो तर सन् २००६ र ०७ को बिचमा कम्पनीलाई अपरेशन सुचारु गर्न भरी मात्रामा लागत लाग्ने भएकोले गर्दा कम्पनी घाटामा जान थाल्यो र सन् २००८ साल सम्म आई पुग्दा कम्पनीले मेरो मोबाइल टेलिकमको लागि फण्डीङ खोज्न थाल्यो र त्यसैबीच सन् २००९ सम्ममा मेरो मोबाइलको सिम कार्ड जुन खुब चलेको थियो एकाएक बजारमा आउन बन्द भयो । यसको पछाडि कारण थियो स्पाइस नेपाल प्राइभेट लिमिटेड र लगानी गर्न इच्छुक टेलियासोनेरा सँगको आपसी सहमति र समझदारी । टेलियासोनेरा स्वीडेन, फिनल्याण्ड, नर्वे, डेनमार्क, लिथुआनिया, लाटभिया, र एस्टोनिया मा सञ्चालन एक अग्रणिय स्वीडिश दूरसंचार कम्पनी र मोबाइल नेटवर्क अपरेटर हो ले स्पाइस नेपालमा लगानी गर्ने सम्झौता ग¥यो र ६०.४ प्रतिशत शेयर खरीद ग¥यो । र १२ मार्च २०१० मा स्पाइस नेपालको नाम एनसेल मा परिवर्तन गरियो । यसका साथै  टेलियासोनेराले नेटवर्कको सुधार, मार्केटिङ, नयाँ प्लान्ट स्थापना र कभरेजमा करिब १ अर्ब डलर लगानी गरेको थियो ।

एनसेल पहिलो पटक २००४ मा मेरो मोबाइल को रूपमा सुरु भएको थियो तर २०१० मा एनसेल को रूपमा पुनः ब्रान्ड गरियो । एनसेलले सन २०१० सम्ममा नेपालका सबै क्षेत्रमा पुगेर वर्षको अन्त्यसम्ममा थ्रीजी सेवा सुरु गरेको थियो । एनसेलले यस अवधिमा पूर्व–पश्चिम फाइबर लिंक कनेक्टिभिटी पनि निर्माण गरेको थियो, जुन देशभर डाटा र भ्वाइस ट्राफिकलाई सपोर्ट गर्न आवश्यक थियो । यो २१ डिसेम्बर २०१५ मा टेलीयासोनेराले कम्पनीमा रहेको आफ्नो ६०.४ प्रतिशत सेयर मलेसियाली दूरसञ्चार समूह एशिया महाद्धिपको सबैभन्दा ठुलो टेलिकम्युनिकेशन कम्पनीहरु मध्ये एक मलेशियाको आजियाटा कम्पनीलाई बेचेर आफु बाहिर निस्कियो । त्यसपछि एनसेल पब्लिक लिमिटेड कम्पनी बन्यो र यसको नाम एनसेल आजियाटा लिमिटेड राखियो ।

अब आजियाटाको कम्पनीमा एन्ट्री भएसँगै २०१७ मा कम्पनीले आफनो फोरजी सेवा पनि शुरु ग¥यो । एनसेल सर्भिस ओरिएन्टेड बिजनेश भएकोले गर्दा यसले आफनो १०० भन्दा पनि बढी सर्भिसेज दिने गर्दछ । आफना उत्कृष्ट अफरहरु र प्लानहरु जुन समय सापेक्ष आफना ग्राहकहरुलाई दिने गरेकोले गर्दा एनसेलले नेपालभरी लगभग १ करोड ६० लाख भन्दा पनि बढी ग्राहकहरु अधिग्रहण गरेको छ । लैनचउरमा यसको हेडअफिस रहेको छ जहाँबाट एनसेलले नेपालमा आफना ग्राहकहरुलाई आफनो सेवा दिँदै त्यसमा हरेक दिन सुधार गर्दै लगिराखेको छ । त्यसैगरि ललितपुरमा नख्खु स्थित बिल्डिङलाई एनसेलले आफनो डेटा सेन्टरको रुपमा प्रयोग गर्दै आइरहेको छ । सुरुमा एनसेलको ट्याग लाइन र स्लोगन ‘एनसेल, हियर फर नेपाल’ थियो । तर, आज ‘एनसेल टुमोरो टुगेदर’ मा परिणत भएको छ ।

वास्तवमा एनसेलले मोबाइल कम्युनिकेशन विलासिता नभई आवश्यकता हो भन्ने दृष्टिकोण अपनायो । एनसेल नेपालका सबै ठाउँका लागि एउटै दरको ट्यारिफ लन्च गर्ने पहिलो कम्पनी बन्यो । एनसेल नेपालीहरूलाई बन्डल अफर (हयान्डसेट ंट्यारिफ) र नवीनतम स्मार्टफोन समाधानहरू बारे परिचय गराउने पनि पहिलो कम्पनी बन्यो । सन् २०१२ को मध्यमा एनसेल नेपालमा चौथो ठूलो कर तिर्ने र पहिलो नम्बरमा विदेशी लगानीकर्ता बन्यो । नवीनतम प्रविधि मात्र होइन, सबैभन्दा आधुनिक व्यापार प्रक्रिया र ज्ञान र टेक्नोलोजीले नेपालको व्यापारिक वातावरण, पूर्वाधार र अर्थतन्त्रको विकास गर्न मद्दत गर्यौ । सन २००४ मा एनसेल स्थापना हुँदा नेपालमा मोबाइलको पहुँच १० प्रतिशतभन्दा कम थियो । हाल, यो ६० प्रतिशत भन्दा बढी छ । टेलियासोनेराले सन २००८ मा अधिग्रहण गरेदेखि २०१२ को मध्यसम्म एनसेलमा करिब आधा अर्ब अमेरिकी डलर लगानी गरेको थियो । नेपालमा मोबाइल सञ्चार उद्योग प्रारम्भिक अवस्थामा थियो त्यसकारण टेलियासोनेराले नेपालमा खेलेको महत्वपूर्ण भूमिका र जिम्मेवारीबारे हामी सबै जागरुक छौं । 

त्यतिबेला नेपाली जनसङ्ख्याको सबैभन्दा गरिब वर्गहरू विदेशमा राम्रो जीवनको सपनाको खोजीमा हरेक वर्ष विश्वका विभिन्न भागहरूमा पलायन हुँदै थिए । एनसेलले आफ्नो सेल्स च्यानल, साइट निर्माण लगायतका माध्यमबाट प्रत्यक्ष रोजगारी प्रदान गर्दै र देशभरका  हजारौं हजार मानिसहरुलाई रोजगारीको अवसर सृजना गरिरहेको थियो । करिब ४५ वटा कस्टमर केयर सेन्टर रहेका छन र अझै पनि देशका विभिन्न भागमा नयाँ सेन्टरहरू खुलिरहेका छन । त्यसैगरी प्रिपेड र पोष्टपेड लाइन वितरणका लागि देशका विभिन्न भागमा करिब चार हजार आउटलेट खोलिएका छन । यस बाहेक कम्पनीको कल सेन्टर विभागमा हजारौं मानिसले रोजगारी पाएका छन् । 

एनसेलका हाल १ करोड ५० लाख भन्दा बढी सक्रिय सदस्य छन जुन अझै बढ्दै गइरहेको  छ । एनसेलको आकर्षक मोबाइल सेवा र सुविधाका कारण यसले धेरै नेपालीको मन जित्न सफल भएको छ । तर, केही वर्षयता एनसेलको उपभोग र ग्राहक बढेको छ भने कम्पनीको नाफा घटेको छ । 

रिपोर्टहरूका अनुसार गिरावटको मुख्य कारण भ्वाइस प्याक र सस्तो डाटा सेवाहरू हुन । अत्यधिक शुल्कबाट बच्न मानिसहरू सस्तो दरमा भ्वाइस प्याक र डेटा प्याकहरू खरिद गर्छन । एनसेलले बढी रकम चार्ज गर्न सक्छ तर त्यसो गर्दा उनीहरूको ग्राहक आधार र स्थितिमा हानि पुग्छ । साथै एनसेलले जनताको स्वीकृतिविना पैसा लिएको आरोप पनि लागेको छ । धेरै मानिसहरुको आरोप अनुसार एनसेलले जनतालाई जानकारी नदिई विभिन्न अनावश्यक सेवाको शुल्क लिएको र उक्त रकम जनतालाई फिर्ता गर्न आदेश दिने गर्दछ । यो क्रम जारी रह्यो भने आगामी दिनहरू एनसेल जस्ता दूरसञ्चार कम्पनीका लागि कठिन हुनेछन । तर, एनसेलले पनि यसबारे सोचेको हुन सक्छ र त्यसमा काम गरिरहेको हुन सक्छ । विगतका वर्षहरूमा, एनसेलले आफ्नो क्षेत्रमा धेरै प्रगति गरेको छ र धेरै नेपालीहरूका लागि धेरै अवसरहरू खोलेको छ । एनसेलले धेरै नयाँ प्रविधि र विचारहरू ल्याएको छ जसले देशभरका धेरै नेपालीहरूलाई आकर्षित गरेको छ ।

एनसेलले राष्ट्रको विकास, विभिन्न पूर्वाधार र अर्थतन्त्रमा पनि सक्रिय रुपमा काम गर्दै आएको छ । यसले विभिन्न समयमा राहत कार्यक्रम र समाज कल्याण कार्यक्रम आयोजना गर्दै आएको छ । जारी अवस्थामा पनि एनसेलले चिकित्सा सेवा र सुविधामा सुधार गर्न सरकारलाई रकम उपलब्ध गराउँदै आएको छ । यसले अक्सिजन कन्सेन्ट्रेटर र मेडिकल उपकरणसहित सरकारी अस्पतालहरूलाई सहयोग पु¥याएको छ ।

यसबाहेक, यसले प्रायः विभिन्न कार्यक्रमहरू जस्तै क्रिकेट खेलहरू, फुटबल प्रतियोगिताहरू, ट्यालेन्ट शोहरू, संगीतरनृत्य प्रतियोगिताहरू र यस्तै अन्य कार्यक्रमहरू आयोजना गर्दछ ।

त्यसैगरी, यसले प्रायः विभिन्न परोपकारी ट्रस्ट, सामाजिक अभियान, कार्यक्रमहरू, सरकारी संस्थाहरू र गैरसरकारी संस्थाहरूलाई पनि चन्दा दिन्छ । यसले छात्रवृत्ति कार्यक्रम र विद्यार्थी कल्याण सम्बन्धी विभिन्न सेवाहरू पनि ल्याएको छ ।

संक्षेपमा भन्नुपर्दा, एनसेल जस्ता दूरसञ्चार कम्पनीहरू नेपालजस्ता विकासोन्मुख देशका लागि बूम हुन । किनकी एनसेलले दशकौंदेखि नेपालको विकासमा ठूलो योगदान दिएको छ । जुनसुकै क्षेत्र होस, त्यो क्षेत्रको समृद्धिमा एनसेलले कुनै न कुनै रूपमा भूमिका खेलेको छ । एनसेल नहुँदा हाम्रो देश अहिलेको अवस्थामा हुने थिएन । तसर्थ, नेपाली नागरिकको हैसियतमा हामीले एनसेल जस्तो कम्पनीलाई नेपालमा उसको उपस्थितीलाई गर्वको रुपमा लिनु पर्दछ  । 



 


Post a Comment

0 Comments