Why Kathmandu is So EXPENSIVE?

 यदि तपाईलाई नेपालका उत्कृष्ट ५ महँगा सहर कुन हो भनेर सोध्यो भने तपाई के भन्नुहुन्छ ?

पक्कै पनि तपाईको जवाफ हुनेछ काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा र चितवन यी पाँच वटा शहर अन्य सहरहरूभन्दा महँगा सहर नै हुन ।

अब तपाईलाई यी ५ वटामा पनि सबै भन्दा महंगो कुनै एउटा कुन होला भनेर सोध्दा तपाई के भन्नु हुन्छ ?

अब त तपाईको जवाफ पक्कै पनि काठमाण्डौ नै हुनेछ ।

यसः काठमाण्डौं इन नोअन इज द लीस्ट लीवेवल सीटी इन नेपाल रयांकड ११६ नम्बर ग्लोबली

यसको मेजर फयाक्टर हो हाइ कोस्ट अफ लीविङ इन काठमाण्डौं ।

आखिर किन ?

यसको कारण हो पछिल्लो रिपोर्टले देखाएको काठमाडौं एसियाको तेस्रो महँगो सहर । नयाँ दिल्ली, मुम्बई, बैंगलोर र कराँचीको तुलनामा काठमाडौंमा बस्ने खर्च अलि बढी नै छ । विश्वको चर्चित पत्रिका द इकोनोमिस्टको सिस्टर कन्सर्न अर्थात भगिनी कम्पनी द इकोनोमिस्ट ग्रुपको अनुसन्धान र विश्लेषण विभाग इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले तयार पारेको विश्वकै महँगो सहरको लिस्टमा नेपालको राजधानी काठमाण्डौं ११६ औँ स्थानमा रहेको थियो । यस रिपोर्ट भन्दा अगाडि पछिल्लो रिपोर्टमा विश्वकै महँगो सहरको सूचीमा काठमाडौं ११८ औं स्थानमा थियो । 

अब यदि तपाई काठमाण्डौमा आफनो करियर बनाउँन काठमाण्डौमा बस्ने सोचमा हुनुहुन्छ भने एकदमै राम्रो तर अलिकति रिर्सच गरेरै आउँदा राम्रो । किनकी जीवनमा कमाउने, खर्च गर्ने र बचत गर्ने यी ३ वटा प्रोसेसमा बचत जति धेरै ग¥यो त्यति नै राम्रो मानिन्छ । यसका लागि आउनुहोस एउटा विश्लेषण गरी क्याल्कुलेट गरौं र हेरौ किन र कसरी काठमाण्डौ इज सो एक्सपेन्सिभ भनेर ।

सबैभन्दा पहिले हामी यसलाई ३ भागमा डिभाइड गरौं रोटी कपडा र मकान । 

पहिले कुरा गरौं ः हाउस रेन्टको

काठमाण्डौमा जति गाह्रो जागिर खोज्ने काम हो त्यति नै गाह्रो हो बस्ने कोठा खोज्ने काम

अब भाडामा बस्ने कोठाहरुको डिमाण्ड यति धेरै छ भने ओबियसली भाँडा अर्थात रुम रेन्ट पनि मंहगो त भई नै हाल्यो । काठमाण्डौमा यदि तपाईलाई राम्रो फल्याट चाहिएको छ भने तपाईले यसको लागि लगभग २०,००० देखि २५००० सम्म पे गर्नु पर्ने हुन्छ । काठमाण्डौमा ठाउँ अनुसार भाँडा फरक पर्न जान सक्छ तर म रिंग रोड भित्रको कुरा गर्दै छु । यसमा पनि प्रति रुम ७००० को दरले २ वटा रुम विद अटयाच बाथरुमको भाडा १५००० सम्म रहन्छ ।

अब तपाई १५,००० लाई एकातिर जोडौं 

तर यो त मात्र रुम रेन्ट वा कोठा भाडाको कुरा हो तर त्यो भन्दा पनि अगाडि त्यो रुम वा कोठा सर्नु भन्दा अगाडि १ महिनाको रुम रेन्ट इन एडभान्सको कुरा छ कतै कतै त रुम रेन्ट सेक्युरेटी भनेर पनि नाम दिइएको छ यसलाई । यसमा पनि यदि कुनै व्यक्तिले अब म सानोतिनो पसल व्यापार गर्छु भनेर कतै सटर भाडामा लिने कुरा गर्ने हो भने डिल फिक्स भई सकेपछि त्यस सटरका लागि घरभेटीले तीन महिना देखि ६ महिना सम्मको भाडा इन एडभान्स लिने दिने प्रचलन छ । तर बस्ने कोठाको हकमा १ महिनाको अग्रिम भाडा जोडनु पर्ने हुन्छ ।

अब घर भाडामा बस्न थाली सकेपछि इलेक्ट्रीसिटी र पानीको बिल पनि पे गर्नुपर्ने हुन्छ । यसमा फोहोर उठाउन आउनेहरुका लागि ५० रुपैया छुटयाउन पर्ने हुन्छ । त्यो लगभग १०५० रुपैया प्रति महिना सम्म पनि हुन जान्छ ।

अब तपाईको टोटल रकम १६,०५० हुन जान्छ ।

यसपछि अब तपाईसँग आफनो साधान छ भने दैनिक आफिस आउन जान र शनिबारको घुमघाम आदि इत्यादिका लागि पेट्रोल खर्च लगभग २५०० सम्म पुग्छ । त्यसमा पनि मासिक साधनलाई सर्भिज गर्नु पर्दा लगभग १५०० जति खर्च हुन्छ । अब यस्तोमा यदि तपाई सँग आफनो निजि साधान छैन भने लोकल गाडि चढदा दैनिक रुम बाट अफिस र अफिस बाट रुम सम्म अप डाउन गर्दा ८० रुपैया लगभग दैनिक खर्च हुन्छ नै अब यसमा मासिक खर्च जोडने हो भने २४०० सम्म खर्च हुन्छ  नै । तर यदि तपाई लोकल नै चढन अप्ठयारने मान्नु हुन्छ भने तपाईका लागि पठाओ र टयाक्सी जस्ता अनलाई राइडरहरु उपलब्ध छन जसले प्रति टिप निश्चित शुल्क लिनेछन तर यदि कुनै दिन बन्द वा मौसमको ताल बिग्रियो भने यी राइडरहरुले सर्ज प्राइसिङ अन गरि नोरमल प्राइस १.५ परशेन्ट बाट २.५ परशेन्ट सम्म लिन पनि बेर हुँदैन यसतोमा दैनिक राइडर प्रयोग गर्नु भनेको सबै दृष्टिकोणले ठिक र सेफ हुन सक्ला तर खर्च बढन जान्छ । 

यसरी मासिक २५०० सम्म खर्च पुग्छ ।  अब यदि तपाईको रुम अफिस नजिकै कतै पाउनु भयो भने तपाई भाग्यमानी हुनु भयो । 

अब यहाँसम्म आईपुग्दा तपाईको जम्मा खर्च १८,४५० पुगेको छ ।

तपाईलाई काठमाण्डौमा बस्नमात्र भएर पुग्दैन यहाँ बस्दा दैनिक तरकारी पनि खानु प¥यो त्यसका लागि तपाईलाई एउटा राम्रो सुविधा भनेको काठमाण्डौका गल्ली गल्ली चोक चोकमा किराना तथा तरकारी पसल पनि देख्न सक्नुहुन्छ अब यस्तोमा सजिलो त भई नै हाल्यो तर यदि तपाईले १०० रुपैया किल्लो पर्ने कुनै पनि सामान १ पाउ खरीद गर्नु पर्दा २०० ग्राम मात्रै दिइन्छ । जबकि संसारमा १ पाउ भनेको २५० ग्राम नै पाइनछ । अब यस्तो पसलहरुलाई नै थाहा हुँदैन यो तरीका उनीहरुले यहाँ यही चल्छ भनेर भनीदिन्छ । यसरी मंहगीका साथमा लुट त बेहिसाब छ काठमाण्डौ भ्याली जसमा ललितपुर र भक्तपुर समेत पर्दछन । यसरी मासिक तरकारीको लागि मात्रै ३००० जति खर्च हुन्छ  नै । 

अब तपाईको कुल खर्च २१,४५० पुगेको छ ।

यसमा पनि झन काठमाण्डौमा प्राय जसो युवाहरु जागिरको खोजीमा आउने गर्दछन र सबैजसो युवाहरु जगरे नै हुन्छन जसको परिणाम काठमाण्डौमा मात्रै होइन नेपालमै भन्ने हो भने दिउसोको खाजाका लागि टिफिन बोक्ने चलन भने छैन । प्राय खाजाघर क्याफेटेरिया, रेस्टोरेन्ंटहरुमा नै खाजा खाने चलन चल्तीमा भएको हुँदा दैनिकी खर्च हुने गर्दछ । नोरमली एक प्लेट ममःको मुल्य १४० लगभग रहने गर्दछ त्यसमा एउटा बोतल चिसोको जोडने हो भने ७० रुपैया जति खर्च थपिन्छ र दैनिकी सरदरमा भन्नुपर्दा खाजामा २०० रुपैया जति खर्च हुन्छ । कुरा यतिमै त सकिँदैन अफिस सकिएपछि साथी भाईहरु सँग चिया गफ पनि हुन्छ नै दैनिकी चियागफ न होला तर हप्तामा २ दिन त चिया गफ हुन्छ र गर्न पनि आवश्यक रहन्छ नेटवर्किङका लागि भनौ वा रिफ्रेसमेनट जे भएपनि यो आज भोलीको ट्रेन्ड हो । तर यसमा नोरमली एक कप चियाको बाहिर कुनै स्टलमा पिउने हो भने ३० रुपैया सम्म पर्छ र हप्तामा दुई कप चिया को दरले २४० पर्न जान्छ तर साथीभाईहरुको पनि बिल आफुले नै पे गर्नु पर्ला भन्न सकिँदैन जोडदा हिसाब ५०० रुपैया यहाँ खर्च पुग्छ । 

अब तपाईको कुल खर्च २७,९५० पुगेको छ ।

यस्मा अझ शनिवारको विदा र अन्य दिनहरुमा कम्तिमा हप्तामा दुई दिन ननभेज पकाएर खानै प¥यो र मासुमा चिकेनको प्रति केजी ४०० रुपैया छ र हप्तामा २ दिन को जोडने हो भने ८०० रुपैया हुन जान्छ र महिनामा ३२०० रुपैया हुन जान्छ । तर यतिमै कुरा सकिदैन मासु भनेपछि अलिकति स्पेशल तरीकाले पकाउनै प¥यो त्यसका लागि मर मसाला पनि अलि धेरै र राम्रै चाहियो यो भनेपछि ग्रोसेरीका सामानहरु खरीद गर्दा लगभग ३०० रुपैया सरदरमा खर्च हुनै भयो र २४०० त मरमसालाकै जोडने हो भने मासु पकाउँदा सम्म ५६०० पर्न जान्छ ।    

अब तपाईको कुल खर्च ३३,५५० पुगेको छ ।


अहिले सम्म हामीले कुरा ग¥यौं मेजर एक्सपेन्सीभसको बारेमा तर अब कुरा गरौं माइनर एक्सपेन्सिभसका बारेमा 

१. विकेन्ड आउटिङ – विकेन्डमा तपाई घरमा त बस्नु हुन्न होला साथी भाईलाइ भेटन जानै प¥यो । मे बी तपाई डेट मा पनि जान सक्नु हुन्छ । यी सबै कुरामा प्रत्येक विकेन्डमा १००० रुपैया सम्म कम्तिमा खर्च हुने नै भयो । मासिक ४००० हुन जान्छ ।

अब तपाईको कुल खर्च ४७,५५० पुगेको छ ।

२. महिना भरी तपाई बिहान देखि बेलुका सम्म आफनो काममा खटनु हुन्छ होला यस्तोमा तपाईलाई आफनो लागि रमाइलो पल पनि चाहियो र यसमा यदि तपाई साथीहरु सँग आउट नाइट स्टे महिनामा एक पटक जानु भयो भने कम्तिमा १८०० को प्याकेजमा जानुहुन्छ होला भने त्यसमा एल्कोहल एड गर्दा त्यो ३५०० सम्म बिल पुग्छ त्यस्तोमा महिनामा एक पटक ३५०० पनि खर्चमा जोड्नै प¥यो । 

अब तपाईको कुल खर्च ५१,०५० पुगेको छ ।

३. अर्को एउटा माइनर खर्च भनेको महिनाम एक पटक स्पा त जानु हुन्छ होला किनकी जसरी तपाई साधनलाई महिनामा एक पटक सर्भिस गराउनु हुन्छ ठिक त्यसरी नै यदि तपाईको बडीलाई पनि सर्भिस चाहियो यस्तोमा काठमाण्डौमा स्पाहरु पनि छयाप छयाप्ती छन प्रति घण्टामा स्पाहरुको फरक फरक रेट रहेकोले गर्दा सरदरमा २५०० खर्च राख्ने हो भने पनि महिनामा एक पटक मात्र हुने खर्चमा राख्न मिल्यो । 

अब तपाईको कुल खर्च ५३,५५० पुगेको छ ।

४. मिसलेनियस – यसमा साना तिना खर्चहरु त भई नै रहन्छन जस्तै लण्ड्री, आइरनीङ पनि हुन सक्छ । कपाल काटन सेलुन जान पर्ने हुन सक्छ । मोबाइल २००० सम्मको मासिक रिर्चाज गर्दा, रुममा इन्टरनेटको एर्भी मन्थ नोरमली १३०० सम्म खर्च, मेबी जिम जानु पर्ने हुन सक्छ । नोरमली ५००० जति त खर्च हुन्छ नै । 

अब यहाँसम्म आइ पुग्दा तपाईको कुल खर्च हुन जान्छ ५८,५५० रुपैया प्रति महिना ।

अब तपाईले यसलाई आधा पनि खर्च कटौती गर्नु भयो भने पनि हरेक महिना २९,२७५ रुपैया हुन जान्छ । अब तपाई आफै मुल्यांकन गर्नु होस के तपाईको तलब अनुसार यति खर्च हुँदा पनि राम्रो बचत हुन सक्छ त? यदि हुन्छ भने काठमाण्डौ तपाईको लागि हो नत्र भने समय खेर फाल्नु जस्तै हो । 

यो मेरो पसर्नल एक्सपिरियन्स हो हुन सक्छ तपाई यो भन्दा बढी खर्च वा कम पनि हुन सक्छ । तर मोटामोटी यति त सोचेरै हिड्दा राम्रो । अब तपाई माथि छ तपाई काठमाण्डौमा बसेर कति खर्च र कति बचत गर्न सक्नु हुन्छ । यदि तपाई लाई लाग्छ यसमा केही छुटेको छ भने कमेन्ट बक्समा सम्झाउन न बिर्सिनु होला । धन्यबाद


अब तपाई भन्नु होला खर्च हुन्छ तर बचत किन हुँदैन । यसका लागि तपाई हामीले बुझनु पर्ने हुन्छ अन्य देशहरुको तुलनामा नेपालमा प्रतिव्यक्ति आय कम छ । कम्पेयरका लागि हाम्रो छिमेकी मुलुक भारतलाई लिदाँ हुन्छ नेपालमा भर्खरै ब्याचलर पास गरेकाले करिब १५,००० रुपैयाँ तलब सुरुअती अवस्थामा पाउने गर्छन भने भारतमा औसतमा २५,००० सम्म लिने गर्दछन । जुन नेपाली रुपैयामा कन्भर्ट गर्दा लगभग ४०,००० रुपैया बराबर हुन्छ । यहाँ सम्म पनि केही थिएन सब ठिक थियो । तर त्यमाथि हामी भारतबाट आयात हुने हरेक आवश्यक सामानहरूका लागि भारतमा तिर्ने मुल्य बराबर नै रकम तिर्ने गर्छौं । यसरी आम्दानी कम हुँदा पनि हाम्रो खर्च बढी छ । खर्च बढी हुनु हाम्रो लागि राम्रो होइन यसले समग्र मुलुक पनि घाटामा जान्छ । 

नेपालमा अधिकांश वस्तुहरू विदेशबाट आयात हुने भएकाले भन्सार र अन्तःशुल्क लाग्ने गर्छ । यहाँ धेरै वस्तु उत्पादन नहुँने भएकाले पनि मानिसहरुले बढी मुल्य तिर्नुको अर्काे कारण हो । अब यदि व्यापारीले महंगोमा सामान खरीद ग¥यो भने उसले ग्राहकहरुलाई पनि मंहगो शुल्क मै पार्छ र पार्ने नै भयो । 

अन्तमा, यो सबै एउटै प्रोसेसको प्रभाव हो । यो निरन्तर चलिरहन्छ र नेपाललाई धेरै महँगो ठाउँ बनाउँछ । यसै कारण काठमाण्डौ उपत्यकाका मंहगो शहरको रुपमा चिनिन्छ । 



Post a Comment

0 Comments