कुनै समय विनोद चौधरीका हजुरबुवा भुरामल चौधरी राणाहरुका लागि घर घरमा पुगेर कपडा बेच्थे । त्यही जगमा उभिएको चौधरी ग्रुप आज विश्वका अर्बपतिहरूको क्लबमा लगभग एक सय ७० अर्ब डलरको सम्पत्ति सहित सामेल छ । अहिले उनी त्यो व्यावसायिक साम्राज्य थाम्न दिनरात विश्व घुमिरहेका छन । विनोद चौधरीले त्यो व्यवसायलाई विश्वभर कसरी फैलाए ? यो कसरी सम्भव भयो र यात्रा गन्तव्य सम्मको कसरी पुरा गर्न सफल भए आउनुहोस भिडियोमा प्रवेश गरौं ।
विनोद कुमार चौधरी नेपाली उद्योगपति, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन । उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन । वि.सं. २०६९ सालमा, बिनोद चौधरी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर रहेको थियो । वि.सं. २०६९ साल देखि नै उनको कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ । आज बिनोद चौधरीले चौधरी साम्राज्यलाई विश्वभरी जसरी बिस्तार गर्न सफल भएका छन त्यो यात्राको परियोजना लगभग एक सय ४० वर्ष अघि कोरिएको थियो ।
उनका हजुरबुबा, भुरामल दास चौधरी एक उद्यमी थिए जसले नेपालमा कपडा व्यवसाय सुरु गरेका थिए । उनका बुबा लूनकरणदास चौधरी पनि एक व्यवसायी थिए बिनोद चौधरीले आफ्ना बुबाको व्यवसायलाई अझै विकसित गरेका थिए । आफ्नो व्यापारिक जीवनको सुरुवातमै बिनोद चौधरीले पारिवारिक व्यवसाय प्राप्त गरे जसलाई उनले आप्mनो बुद्धि र बिवेकले सफलताका सबै आयामहरु पार गर्दै गए । बिनोद चौधरीको बारेमा बुझनु भन्दा वा बिनोद चौधरीको सफलतालाई निहाल्नु भन्दा अगाडि बिनोद चौधरीको पारिवारिक विरासतको बारेमा बुझन जरुरी छ ।
बिनोद चौधरीका हजुरबुबा भुरामल दास चौधरी १९ औँ शताब्दीमा राजस्थान, भारतबाट नेपाल आएका थिए वा बसाई सरेका थिए भन्दा गलत न होला भुरामल दास चौधरी मात्र २० वर्षको उमेरमा नेपाल आए । भुरामल दास चौधरी नेपाल आएपछि उनले कपडाको कारोबार सुरु गरे । । एक सय ४० वर्षअघि विनोद चौधरीका हजुरबुवा भुरामल चौधरी राणा खानदानका लागि घरघरमा पुगेर कपडा बेच्थे । तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरको पालामा नेपालमा व्यापार व्यवसाय गर्न निम्तोमा आएका मंगल साहू (सुरज मलको परिवार) सँगै उनी काम गर्न नेपाल आए ।
पहिलोपटक हजुरबाले काठमाडौंको मखन टोलमा मंगल साहूको कपडा गद्दीबाट काम थालेको बुवा (लूनकरणदास चौधरी) ले इतिहास सुनाएको भनी विनोद चौधरीले आफ्नो आत्मकथा ‘विनोद चौधरी’ पुस्तकमा उल्लेख गरेका छन । पोको बोकेर राजधानीका गल्ली र दरबार चहारेर कपडा बेच्दा भुरामलले छोरा लूनकरणदास चौधरीलाई पनि सँगै हिँडाउने गर्दथे । मारवाडीहरुको सफलताले भित्र भित्रै जलेका र ईष्र्या गर्ने गरेका स्थानिय व्यापारीहरुले मारवाडीहरुलाई देश निकालो अभियान भित्र भित्रै गोप्य रुपमा थालनी गरी सकेका थिए । स्थानीयहरुले सरकारी कर्मचरी देखि दरबारका कर्मचारीहरुलाई समेत प्रभावित पारे केवल जुद्ध शमशेरलाई मात्र प्रभावित गर्न बाँकि थियो । त्यसैबिच मंगल साहूको कपडा गद्दीमा काम गर्ने भुरामल चौधरीले विसं १९९० मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरबाट पुरस्कारस्वरूप एउटा पसल पाए । कारण विसं १९९० मा नेपालमा भूकम्प जाँदा भुकम्पले दिएको चोटमा मारवाडीहरुले मरहम लगाउने काम गरेपछि र उद्धार, उपचार र शिविर चलाएर जुद्धशमशेरको मन जितेका भुरामलले जुद्धसडक (अहिलेको विशालबजारको ठीक अगाडि) को पहिलो लहरमा पसल पाए । उक्त पसलको नाम ‘भुरामल लूनकरणदास चौधरी’ राखियो ।
भुरामल त्यतिखेर पसल नजिकै इन्द्रचोकमा बस्दथे । त्यहाँबाट संगठित कपडा पसलको सुरुआत भएको थियो । बिहानै उठेर बसंन्तपुर घुमेर इन्द्र चोकको आकाश भैरवमा माथा टेकेर पसल पुगी पसल खोल्नुहुन्थ्यो । पसलमा उनले सानो मन्दिर निमार्ण गरेका थिए । जाहाँ गणेश र लक्ष्मी माताको मुर्ति स्थापना गरिएको थियो । उक्त मन्दिरको छेउँमा सनो एउटा सन्दुक थियो । जसमा अबिरले धर्सो तानेर एउटा स्वस्तिक चिन्ह बनाइएको थियो । भन्निछ त्यो सन्दुक अझैपनि सर बिनोद चौधरी सँग नै छ । उक्त पसलले नै चौधरी ग्रुपको जग बसाल्यो । वि.सं १९९० को महाभूकम्पपछि, उनी औपचारिक रूपमा दर्ता गरिएको कपडाको कम्पनी सुरु गर्ने नेपालमा पहिलो व्यक्ति बनेका थिए ।
उनै बुवा भुरामलले हालिदिएको पखेटा, देखाइदिएको खुला आकाश र उडी चन्द्र छुने सपनाको प्रतिफल आजको चौधरी गु्रपको गोरेटो हो । जायजेथा बिनाको गोरेटोमा इँटा थप्दै पिच गर्ने कामको सबैभन्दा महत्त्वपूर्ण श्रेय विनोद चौधरीले पुस्तकमा आफ्ना बुवा लूनकरणदास चौधरीलाई दिएका छन । हुन पनि हो भुरामलले कोरेको व्यावसायिक गोरेटोलाई उनका छोरा लूनकरणदासले चौडा बनाएका थिए । काठमाडौंको मखन टोलमा १९७९ सालमा जन्मेका लूनकरणदास चौधरीले आफ्नो बाबुको शेषपछि २३ वर्षको उमेरमा व्यापार सम्हाले । बुबा भुरामल चौधरीको मृत्युपछि छोरा लूनकरणदास चौधरीको हातमा सो सन्दुकको चाँबी आयो ।
आफनो बुबा भुरामल चौधरीले सिकाएको व्यपारिक कौशलताको माध्यमबाट नयाँ अध्यायको शुरुआत गर्दै बजारमा पाइला टेकेका थिए । बाबुसँग सिकेर सानैमा व्यापारमा लागेका लूनकरणदासले आफ्ना बाबुले सुरु गरेको व्यापार सम्हाल्ने मात्र काम गरेनन, त्यसलाई संस्थागत गर्दै आफ्नो व्यापारको दायरालाई अन्तर्राष्ट्रियकरणसमेत गरे । सुरुमा काठमाडौंमा केन्द्रित भुरामल लूनकरणदास चौधरीको पहिलो शाखा विराटनगरमा खुल्यो । ‘त्यतिखेर नेपालमा उत्पादित जुटको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग थियो । यो निर्यातबाट विराटनगरका धेरै व्यापारीले मज्जासँग कमाइरहेका थिए । विराटनगरमा उत्पादन हुने जुट गुणस्तर र परिमाण दुवैमा अब्बल मानिन्थ्यो । भारत निर्यात गर्न सजिलो हुने र कोलकाता बन्दरगाहको बाटो भएर समुद्री मार्गबाट अन्तर्राष्ट्रिय बजार र्पुयाउन पायक पर्ने हुँदा विराटनगर त्यति खेरको व्यापारिक केन्द्र थियो ।
बिनोद चौधरीका बुवाले ‘भुरामल लूनकरणदास चौधरी’को नयाँ अफिस त्यहीँ खोल्नुभयो । कम्पनीले राजधानी बाहिर खोलेको पहिलो शाखा यही हो’, विनोद चौधरीलले आफ्ना बुवाको कामलाई पुस्तकमा सम्झिनछन ।
२०१२ साल बैशाख १ गते अंग्रेजी मिति अप्रिल १४, १९५५ मा ललितपुरमा सानेपा स्थित सुरेन्द्र भवन स्थित प्रस्तुती अस्पतालमा बिनोद चौधरीको जन्म भयो । उता बुबा लुनकरण दासले जुद्ध चोकको त्यो सानो पसल बाट ठुलो व्यवसायिक घरानाको यात्रा तय गर्दै थिए भने त्यति खेर नेपालमा जुट व्यवसायको माग बढदै गएकोले गर्दा नै लूनकरणदासले विराटनगरमा ‘विराटनगर जुट उद्योग’को स्थापनासँग चौधरी ग्रुपको यात्राले उद्योगमा प्रवेश पाएको थियो । उक्त उद्योगबाट उत्पादिन जुट भारत, अमेरिका र युरोपमा जुट निर्यात हुन थाल्यो । निकासीको कामपछि लूनकरणदासले जापान र कोरियाबाट फेब्रिक आयात सुरु गरे । विस्तारै लूनकरणदासले निर्माण क्षेत्रमा हात हाले ।
जब बिनोद चैधरी मात्र २ वर्षका थिए तब बुबा लुनकरणदासले निर्माण व्यवसायमा हात हालेका थिए । तत्कालिन राजा बिरेन्द्रले देश व्यापीरुपमा सडक बिस्तारको काम तिव्र रुपमा थालनी गर्ने सोच बनाएका थिए तब ‘विसं २०१४ मा काठमाडौं–त्रिशूली सडक निर्माण सुरु हुँदै थियो । बुवा लुनकरण दासले त्यसको ‘सब–कन्ट्र्याक्ट’ लिनुभयो । आफ्नो पितापुर्खाले कहिल्यै नछोएको क्षेत्रमा लागेर उहाँले ठूलै जोखिम मोल्नुभएको थियो । जन्मेदेखि कपडाको मिटरमात्र नापेको मान्छे, एकैचोटि सडकको किलोमिटरमा छलाङ मार्दै हुनुहुन्थ्यो’, पुस्तकमा विनोद चौधरीले लेखेका छन, ‘बुवालाई निर्माणका बारेमा केही थाहा थिएन । आफ्नो ‘टिम’ थिएन ।’
तर पनि ‘हेरेर होइन, गरेर जानिन्छ’ भन्ने लूनकरणदास भित्रको भावनाले उनलाई सफल बनायो । यसको सफलतापछि उनले सडक खन्ने कामबाट भवन ठड्याउनतिर हात हाले । काठमाडौंमा सोल्टी होटल निर्माणको तयारी हुँदै थियो । त्यसको ठेक्का लूनकरणदासले नै लिए । त्यति खेर छोरा बिनोद चौधरी बुबा लुनकरण दास चौधरीको हात समाएर होटेलको साइटमा काम हेर्न भनेर आउँने गर्दथे ।
त्यसपछि लुनकरण दासले केही साथीहरुसँग साझेदारीमा युनाइटेड बिल्डर्सको नाममा कन्स्ट्रक्सन कम्पनी खोले । उक्त सोल्टी होटेलमा राजदरबारको पनि लगानी रहेको थियो । राजा महेन्द्र र अधिराजकुमार हिमालय बेला बेला निमार्ण स्थलमा अनुगमन गर्न आईराख्नु हुन्थ्यो । प्रभाकर शमशेर राणा राज परिवारको तर्फबाट प्रतिनिधिको रुपमा निर्माण कार्यमा संलग्न थिए । लगभग ६ देखि ७ वर्षमा होटेलको काम सकियो । काम सम्पन्न भईसक्दा राम्रो प्रतिक्रिया आयो तर जब अर्थिकको कुरा आयो बेलैमा पैसा उठाउन न सक्दा लुनकरण दासले दुःख पाउन सम्म पाए र अन्तिममा सो कम्पनी युनाइटेड बिल्र्डस लाई बन्द गर्नु प¥यो ।
जुद्ध सडकाको नाम नयाँ सडक बाट न्युरोड भईसकेको थियो । एक दिन लुनकरणदासलाई भेट्न नारायण अग्रवाल आए । खासमा उनी आफना छोरा बिनय अग्रवाल अंग्रेजीमा राम्रा भएकोले उसलाई जागिर मिलाइदिनु प¥यो भनेर उनसँग निवेदन गर्न आएका थिए । त्यति खेर लुनकरणदास नेपालमा पहिलो फ्लोरिङ एन्ड फर्निसिङ खोल्ने तैयारीमा थिए । त्यतिखेर नेपाल तिव्ररुपमा विश्व बजारमा राम्रो पर्यटकीय गन्तव्य स्थलको रुपमा उदाउँदै थियो । र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुको शाखाहरु प्नि नेपालमा खुल्ने काम भईराखेको थियो । तर नेपालमा सो समयमा डेकोरेशन र डिजाइन सम्बन्धि सामान पाउने पसल नै थिएन । सबै सामान भारत बाट अयात गराउनु पर्ने अवस्था थियो । त्यसैले लुनकरणदास त्यस्तो व्यक्तिको खोजीमा हुुनुहुन्थ्यो जो विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था होटेल संचालक तथा दरबार संग सम्बन्ध बनाउन सकोस । बिनय अग्रवालमा त्यो खुबी लुनकरण दासले देखि सकेको थिए ।
लुनकरण दासले विसं २०२० मा नेपालको पहिलो फ्लोरिङ एन्ड फर्निसिङ आउटलेट खोले । यो समयसम्म नेपालमा सजावटमा धेरैको चासो बढिसकेको थियो । जुद्धशमशेरले १९९० मा अनुमति दिएको पसलमै नेपालको पहिलो फ्लोरिङ एन्ड फर्निसिङ आउटलेट खुलेको थियो । ‘कम समयमै त्यसले राम्रो बजार पायो । त्यो बेला टाइगर टप्स होटल खुल्न लागेको थियो । अमेरिकी सहयोग नियोग (यूएसएड) खुलिसकेको थियो । होटेल र नियोगलाई चाहिने आन्तरिक सजावट (इन्टेरियर्र) का धेरै सामान हामीले नै बिक्री र्गयौं’, पुस्तकमा उल्लेख छ, ‘जुद्धसडकको पुरानो पसलबाट मात्र फैलिँदो कारोबार धान्न नसकेपछि बुवाले फसिकेब, वीरगन्ज र खिचापोखरीमा शाखा खोल्नु भयो ।’
उनले २०२२ सालमा वीरगन्जमा केडिया परिवार र निरञ्जन जाटियासँग मिलेर मोर्डन होजियारी उद्योग स्थापना गरी उच्च गुणस्तरको होजियारी सामान उत्पादन थाले । राइनो ब्रान्डले मोजा उत्पादन गथ्र्यो । आयातीत फेब्रिकसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्यो । उनले नेपाल स्पिनिङ वेभिङ एन्ड निटिङ उद्योग पनि स्थापना गरे । यसले विदेशबाट आयातीत ऊनी धागोबाट विभिन्न आधुनिक लत्ताकपडा उत्पादन गथ्र्यो ।
विसं २०२४ मा लूनकरणदासले वीरगन्जमा रत्न स्टेनलेस स्टिल उद्योग स्थापना गरे । उक्त समयमा विराटनगरमा पशुपति बिस्कुट, महालक्ष्मी मैदा मिल पनि उनले खोले । २०२५ सालमा उनले डिपार्टमेन्ट स्टोरमा लगानी गरे । यो नेपालकै पहिलो डिपार्टमेन्ट स्टोर थियो । नाम ‘अरुण इम्पोरियम’ । यो इम्पोरियम निकै सफल भयो । २०२७ सालसम्म आइपुग्दा अरुण इम्पेक्स आयात÷निर्यातमा निकै सक्रिय भयो । यो स्टोर नेपालीमाझ मात्र नभएर नेपाल आउने र बस्ने भारतीय माझ पनि प्रख्यात बन्यो ।
बिनोद चौधरी १५ वर्षको हुँदा उनी एसएलसीको परीक्षा तैयारीमा थिए जतिबेला काठमाण्डौमा जापान, भारत र सिंगापुरका साडीहरु खुब लोकप्रिय हुँदै थिए । त्यसैबाट प्रेरित भएर बिनोद चौधरीले अरुण इम्पोरियममा साडी संसार र घर संसार नामका दुई छुट्टै शाखा चलाए । जसरी हजुरबुबा भुरामल दास भारतबाट कपडाहरु नेपाल ल्याएर साइकिलमा राखेर घर घर बेच्न हिडथे त्यसरी नै बिनोद चौधरी बिनोद चौधरी नयाँ साडीहरु आयात हुन साथ साइकिलमा धनी ग्राहकहरुका घर घर खबर पु¥याउन जाने गर्दथे ।
बिनोद चौधरी खिचापोखरीको घरमा सामान्य रुपमा हुर्के । उनले सबैभन्दा पहिले क्षेत्रपाटी र जुद्धोदय पब्लिक स्कुलमा पढे । त्यसपछि नेपाल आदर्श विद्या मन्दिरमा मा अध्यन गर्न गए । उनी पढाईमा खास्से रुचि राख्दैनथे । घरबाट पढन जाने भनेर निस्केका साथीहरुसँग गुच्चा र घवाए खेलेर घर फर्कन्थे । उनी खेलकुदमा एकदमै उत्कृष्ट थिए ।
पिता लुनकरण दासका छोरा दामोदर लामिछाने जर्मनीबाट इन्जिनियरिङ सकाएर नेपाल फर्केका थिए र उनी दामोदरले बिनोद र उनका भाई बसन्तलाई टयुशन पढाउने जिम्मा लिए । र उनकै सल्लाह अनुसार उनीहरु दुबैलाई सानो ठिमिको आर्दश बहुउद्धेश्य हाई स्कुलमा बीएमपीएसमा भर्ना गरीयो । उनले ६ कक्षा देखि त्यही पढन थाले । सो स्कुलमा व्यवसायिक तर्फ ४ वटा विषय थिए ।
इण्स्ट्रीयल साइन्स
होम साइन्स
कृषि
सेक्रेटेरियल साइन्स
उनीहरुले सोही सेकरेटेरियल साइन्स विषय रोजे । उनीहरुलाई सेकरेटेरियल साइन्स विष पढाउने अध्यापक हुनुहुन्थ्यो जाल्पा प्रधान । प्रधानले स्कुलमा एक दिन बिनोद र उनका साथीहरुलाई एउटा समुह बनाउने र स्कुलमै एउटा सानो व्यापार गर्ने सल्लाह दिनु भयो । जसको लिडर थिए बिनोद चौधरी उनीहरुले खाजा खाने पैसा भुडकुमा जम्मा गर्न थाले महिना दिन पछि भुडकु फोडदा १५० रुपैया भन्दा बढी जम्मा भएको रहेछ । सोही पैसाले उनीहरुले बजारबाट विभिन्न स–साना सामानहरु खरीद गरे । हाफ टाइममा छिटो छिटो खाजा खाएर सकाएर कक्षाका डेस्क बेन्च चौरमा लिएर जान्थे र व्यापार गर्थे अन्तिम घण्टी पछी दिनभरको हिसाब जाल्पा मिसलाई देखाउन पर्थयो । कुन सामान कतिमा खरीद गरेको कतिमा बेचेको र कति मुनाफा कमाएको त्यो सब कपीमा लेखेर बुझाउँथे । त्यही एक सानो स्कुले प्रोजेक्ट बिनोद चौधरीको अर्धचेतन अवस्थामा रहेको व्यापारिक सोच र व्यवहारलाई जगाईदिने काम ग¥यो । बि.स २०२९ सालको एसएलसीमा उनी बोर्डकै पाँचौ भए । उनको जीन्दगीको पहिलो र ठुलो टर्निङ पोइन्ट त्यही स्कुलको वातावरण रहयो ।
विस्तारै बुवा लूनकरणदासले सिर्जना गरेको चौधरी गु्रपको साम्राज्यलाई उनका तीन छोरा विनोद, वसन्त र अरुणले सम्हाल्न थाले । बाबुलाई सानैदेखि सहयोग गर्दै आएका विनोद चौधरी यो साम्राज्य अझ उचाइमा पु¥याउन सफल भए ।
बिनोद चौधरीलाई उनको अपार सफलताको पछाडि एउटा अर्को एउटा टर्निङ पोइन्टको रुपमा उनको जीवनसंगीनीले साथ निभाएर दिइन । बिनोद चौधरीको विवाह छिमेकी मुलुक भारतको बिहारको राजधानी पटनाको व्यवपारिक घरानाकी छोरीसँग बिहेको कुरा चलेको ६ महिना नबित्दै उनले त्यो केटी सँग बिहे नै नगर्ने निर्णय लिए । त्यतिखेर उनी लिलि जसको वास्तविक ना सारिका शर्मा हो यनी संग उनी प्रेममा थिए । बिनोद चौधरीका बुबा लुनकरण दास चौधरी र सारिका का बुबा बि.एल शर्मा एकदमै मिल्ने साथी थिए । बिएल शर्मा राजा त्रिभुवनका एकदमै नजिक थिए । बिएल शर्मालाई त कुनै अप्ठयारो थिएर तर बिनोद का बुबा लुनकरण दासलाई यो विचार मन परेन र पछि बिनोद र लिलिको प्रेम हदै भन्दा बढी भएको देखेर आफुले पनि स्विकार्नु भयो । पछि लुनकरण दासले दुबैको विवाह भारतमा नै गर्ने प्रस्ताव राखे किनकी लुनकरण दासलाई नेपालमा भएका नाता गोतामा पर्नेहरुले के भन्लान भन्ने डरले भारतको दिल्लीमा विवाह गरे । माघ २ गते दिल्लीमा विवाहको पुर्व तैयारीका लागि अगाडि नै पुगेर व्यवस्थापन हेर्दै थिए । दिल्लीको मोर्य सिराटन होटेलमा सबै समारोहको आयोजना गरिएको थियो । बि.स. २०३५ माघ ७ गतेका दिन दुबैको बिहे सम्पन्न भयो । माघ २६ गते उनीहरु काठमाण्डौ फर्कीए । उनीहरु त्यतिखेर खिचापोखरी बाट ठमेलको घरमा सरि सकेका थिए । लिलिको जन्म दिनमा उनको गृह प्रवेश भयो । बिहे गरेको १ वर्षमै लिलि गर्भवती भइन तर दुर्भाग्यवश उनको छोरीले यस संसारमा पाइला टेकन सकिनन । अर्को वर्ष बि.स. २०३७ चैत्रमा निर्वाणको जन्म भयो । निर्वाण १ वर्षको हुँदा बि.स. २०३९ जेष्ठमा अर्को छोरा राहुलको जन्म भयो । राहुल जन्मेको ३ वर्ष पछि । २०४१ फाल्गुनमा वरुण जन्मिए यसरी २३ वर्षको उमेरमा बिनोद चौधरीले विवाह गरेर आफनो प्रेम सफल पारे ।
बिनोद चौधरीमाथि ठुलो जिम्मेवारी आउँदा त्यसलाई पनि पार गर्न सफल भए । अठार वर्षको उमेरमा विनोद चौधरीले चार्टर्ड एकाउन्टेन्सी पढ्न भारत जाने क्रममा, उनको बुबालाई मुटु रोग भएको पत्ता लागेको थियो र चिकित्सकहरूले जवाफ दिए के उनका पिता लुनकरणदास परिवारको व्यवसाय चलाउन असमर्थ भए । त्यसपछि परिवारमा जेठो छोरा भएको कारण उनले व्यवसायमा प्रमुखको रूपमा प्रवेश गरेका थिए ।
२०७२ माघ २१ गते ९३ वर्षको उमेरमा बुवा लूनकरणदासको निधन भयो । तर उनले सिर्जना गरेको उद्योगले आफ्नो पाइला पछ्याइरहेका छन । लुनकरणका जेठा पुत्र विनोद विश्वका अर्बपतिको सूचीमा छन ।
व्यवसायमा बिनोद तिब्र निर्णय लिन सक्ने मात्र होइनन उनी दुरदर्शी सोचका पनि धनी हुन कुनै समय उनले जापानको सुजुकी कार नेपालमा आयात गर्ने निर्णय गरेका थिए । एक युवा कपडा व्यवसायी भएकोले सुजुकीले उनीमाथि विश्वास नगरेको उनले लेखेका थिए र उनले कम्पनीलाई विश्वस्त बनाएको बताएका थिए । सुजुकी कम्पनीले उनीसहित अन्य चारजनालाई परिक्षणको रूपमा सुजुकीको कार नेपालमा बेच्ने निर्णय गरेको थियो । ६ महिनामा सबैभन्दा धेरै कार बिक्री गराउनेलाई सुजुकीले विक्रेता बनाउने निर्णय गरेको थियो । चौधरीले पछि, जापानी विद्युतीय बहुराष्ट्रिय कम्पनी पानासोनिकसँग एउटा सम्झौता गरेका थिए जुन उनको पहिलो बहुराष्ट्रिय सम्झौता थियो ।
आज सिमेन्ट, इलेक्ट्रोनिक्स, जडीबुटी, खाद्यान्न, निर्माण सामग्री, सजावटका सामग्री कहाँ छैन चौधरी गु्रपको लगानी ? बायोटेक र आयुर्वेदमा समेत यसको लगानी छ । पूर्वाधार क्षेत्रमा होटेल, रिसोर्ट, रियल स्टेटदेखि टेलिकमसम्ममा चौधरी गु्रपको लगानी छ । सीजी टेलिकममार्फत टेलिकम, सीजी मोटोकर्पमार्फत गु्रपले सवारीसाधनको व्यवसायसमेत गर्छ । सीजी सिटिस्केप, कुसुम आयल इन्डस्ट्रीमा समेत चौधरी गु्रपको लगानी छ ।
नेपालकै पहिलो पाँचतारे अस्पतालका रूपमा चिनिने नर्भिक इन्टरनेसनल हस्पिटलमा चौधरी गु्रपकै लगानी छ । चौधरी गु्रपको ठूलो लगानी शिक्षा क्षेत्रमा पनि छ । सीजी सोलारदेखि बैंक तथा वित्तीय संस्थामा पनि गु्रपले लगानी गरेको छ ।
सीजी फिन्को, युनाइटेड फाइनान्स, युनाइटेड इन्स्योरेन्स, नबिल बैंकलगायत वित्तीय क्षेत्रमा लगानी गरिरहेको छ । त्यतिमात्रै नभएर चुरोटदेखि पेय पदार्थमा समेत चौधरी गु्रपले ठूलो लगानी गरेको छ । सीजी बेभरेजमार्फत पानी, रियो लगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ ।
सबैभन्दा व्यवापक लोकप्रियतामा वाइवाई चाउचाउ उत्पादनबाट चौधरी गु्रपले विश्वमै ख्याति कमाइरहेको छ । वाइवाई चाउचाउ नेपाल र भारतमात्र होइन युरोप, अफ्रिकासम्म पनि बिक्री हुन्छ ।
बियरमा समेत यसको लगानी छ । चौधरी गु्रपको साम्राज्यबारे विनोद चौधरीले आफ्नो पुस्तकमा लेखेका छन, ‘म यही गौरवपूर्ण इतिहास बोकेको मारवाडी समुदायकै सदस्य हुँ । चौधरी गु्रप जुन गतिमा फैलिएको छ, त्यसको सूत्रधार बुवा लूनकरणदास चौधरी हुन ।’
बिनोद चौधरीले २३ वर्षको उमेरमा यस कम्पनीको पदभार ग्रहण गरेका थिए । थाइल्यान्डको कम्पनीद्वारा उत्पादित वाइवाई चाउचाउलाई चौधरीले नेपालमा बिक्री गर्ने निर्णय गरेपछि यो कम्पनीको लोकप्रियमा वृद्धि भयो । उनले चाउचाउ उत्पादन गर्नको लागि काठमाडौँमा एउटा उत्पादन प्लान्ट समेत निर्माण गरेका थिए ।
राजनीति सुरुवात
सन १९७९ मा उनको पहिलो बहुराष्ट्रिय सहयोगका लागि नेपाल सरकारको इजाजत पत्र आवश्यक परेको थियो भने तात्कालिक समयमा सूर्यबहादुर थापा सत्तामा रहेका थिए । थापाले चौधरी र उनका बुवालाई पञ्चायत शासन कायम गर्ने अभियानको लागि आर्थिक सहयोग गर्नू सल्लाह दिएका थिए भने उनीहरूले थापाको राजनीतिक अभियानलाई समर्थन गर्ने निर्णय गरेका थिए । उनको पतन पछि चौधरीले धीरेन्द्र शाहको सम्पर्कमा रहेका थिए । वि.सं. २०४६ अर्थात्त पहिलो जनआन्दोलनपछि उनी नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवाद (नेकपा एमाले) सहित संसदीय दलहरूसँग नजिक भएका थिए । वि.सं. २०५० मा उनी आर्थिक नीतिको मस्यौदामा काम गर्नमा संलग्न भएका थिए जसले गर्दा उनी वि.सं. २०६४ मा नेकपा (एमाले) पार्टीले मनोनित गरेको संविधान सभाको सदस्य बनेका थिए । उनी एकीकृत माक्र्सवादी लेनिनवाद (नेकपा एमाले) को प्रतिनिधित्व गर्दै नेपालको संसदको सदस्य थिए । वि.सं. २०६४ सालमा एमालेले उनलाई सभासद बनाएको थियो । प्रतिनिधिसभा निर्वाचन, २०७४ अघि उनी काङ्ग्रेसमा प्रवेश गरेका थिए । वि.सं. २०७४ सालमा उनी एमाले छाडेर शेरबहादुर देउवाको नेतृत्वमा रहेको काङ्ग्रेसमा आवद्ध भएका थिए । संविधानसभा निर्वाचन, २०६४ नेकपा एमालेबाट समानुपातिक सांसद् रहेका उनी वि.सं. २०७४ मा, नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेदवार बनेका थिए । नेपाली काङ्ग्रेसका अनुसार, यसमा आवद्ध भएका उनले दलमा महत्त्वपूर्ण योगदान दिएका थिए । प्रतिनिधि सभा निर्वाचन, २०७९ मा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २९४९५ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशिल पार्टी, नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले २२३०८ मत प्राप्त गरेका थिए ।
लेखन
वि।सं। २०६९ सालमा, चौधरीले विनोद चौधरी आत्मकथा शीर्षक रहेको आफ्नो आत्मकथा पुस्तक प्रकाशन गरेका थिए । पछि पत्रकार सञ्जीव घिमिरेले यस पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेका थिए । पुस्तकलाई भारतमा एक उँची उडानु शीर्षक अन्तर्गत प्रकाशित गरिएको थियो । यस पुस्तकलाई चार वर्षभन्दा बढी समय लगाएर लेखिएको बताइएको थियो जहाँ यस पुस्तकमा उनको परिवार र चौधरी ग्रुपको आरोह–अवरोहको कथा समेटिएको छ । उनले आफ्नो जीवनका निर्णायक मोड, व्यावसायिक फड्को, राजनीतिक संलग्नता, बहुराष्ट्रिय कम्पनी निर्माण आदि कुराहरूलाई प्रस्तुत गरेका छन्। नेपालय प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मूल्य ४ सय २५ रहेको छ।ृ४६े
दान कार्य
२०७२ सालको भूकम्प पश्चात, उनले सोही दिनमा काठमाडौँमा राहतमा सहयोग गरेका थिए । उनले नेपालका १२ जिल्लाका भूकम्प पीडितहरूलाई सहयोग र्पुयाउन स्वास्थ्य सेवाकर्मीहरूको व्यवस्था गरेका थिए । उनले भूकम्पले नष्ट भएका विद्यालय र घरहरू पुनर्निर्माण गर्नका लागि २५ करोड भन्दा बढी नगद सहयोग र उनको स्वामित्व रहेको चौधरी ग्रुपद्वारा वाई वाई चाउचाउको ५० हजार प्याकेट, पेय पदार्थ वितरण गरिएको थियो । यस बाहेक उनको फाउन्डेसनले खाँचोमा परेका मानिसहरूलाई खाना र पानीको व्यवस्था समेत गरेको थियो । निर्माण कार्यको लागि १० करोड रुपैयाँको छुट्टै कोष खडा गरेको चौधरी ग्रुपले विद्यालय पुनर्निर्माण गर्न पाँच करोड रुपैयाँ खर्च गर्ने घोषणा गरेको थियो ।
चौधरी फाउन्डेसन
उनी चौधरी फाउन्डेसनको संस्थापक समेत हुन । यसको स्थापना सन १९९५ मा गरिएको थियो । यसले नेपालमा दिगो विकास लक्ष्यको प्रगति र संवर्धनका लागि संयुक्त राष्ट्र विकास कार्यक्रममा हस्ताक्षर गरेको छ । नेपालमा आएको विनाशकारी भूकम्प पश्चात् फाउन्डेसनले नेपालको पुनर्निर्माणमा सहयोग गरिरहेको छ । फाउन्डेसनले धादिङ स्थित कुम्पुर गाउँ विकास समिति (गाविस) का भूकम्प पीडितलाई १६६ आश्रयहरू हस्तान्तरण गरेको थियो । वि।सं। २०७५ सालमा, यसले ५ सय ८ जना अपाङ्ग व्यक्तिहरूलाई कृतिम हातखुट्टा प्रदान गरेको थियो । कोरोना महामारी पश्चात्, कोषले सरकारलाई १ हजार थान कोरोना परिक्षण सामग्रीहरू प्रदान गरेको थियो ।
विवाद
विनोद चौधरी नेपालका एकमात्र अर्बपति हुन्।ृ५२े फोब्र्सका अनुसार उनको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर भन्दा बढी रहेको छ।ृ५२े चौधरी माथि कर छली र विदेश मुद्रा अपचलनको आरोप लागेको थियो।ृ५३े कानुन विपरीत उनले नेपाल बाहेकका अन्य देशहरूमा करोडौँ लगानी गरेको र राजपरिवारको सम्पत्ति समेत लुकाएको आरोप लागेको थियो भने उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको सम्पत्तिको सम्पूर्ण विवरणहरू उपलब्ध गराउनका लागि पत्र समेत पठाएको थियो। वि।सं। २०७४ चैतमा, चौधरी ग्रुपको एक प्रमुख सहायक कम्पनी सिजी इलेक्ट्रोनिक्सले झुठो बीमा दावी गरी ९८ करोड रकम असुल गरेको विषय प्रमाणित भएपछि उनी पुनस् विवादमा परेका थिए।ृ५४ेृ५५े यस घटना पश्चात् बीमा सेवा प्रदायक कम्पनी ूयुनाइटेड बीमा कम्पनीू सर्वोच्च अदालत पुगेको थियो। उच्च अदालत पाटनले उनलाई यस घटना पश्चात्, २४ करोड तिर्नुपर्ने फैसला सुनाएको थियो।ृ५६े राजस्व नतिर्ने, गुणस्तरहीन खाद्य पदार्थहरूको बिक्रीवितरण गर्ने लगायतका आरोपहरू उनीमाथि लागेको छ।ृ५७े उनले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने सरकारको निर्णयले विकृति र नयाँ सामाजिक चुनौती थप गर्ने बताएका छन्।ृ५८े
पुरस्कार
सन् २०१५ मा उनलाई भारतस्थित श्री श्री विश्वविद्यालयले परोपकारी कार्यमा उल्लेखनीय योगदानका लागि सम्मानित गर्दै उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।ृ५९े सन् २०१६ मा उनलाई एसिया पुरुषको रूपमा एक पुरस्कारद्वारा सम्मानित गरिएको थियोृ६०े भने सोही वर्ष उनी फ्रोस्ट एन्ड सुलिभान ग्रोथ, इनोभेसन एन्ड लिडरसिप ९जिआइएल० पुरस्कारबाट सम्मानित भएका थिए।ृ६१े सन् २०१९ मा, उनलाई होटेलिभेटले लाइफटाइम अचिभमेन्ट पुरस्कारद्वारा सम्मानित गरेको थियो।ृ६२े
बिनोद चौधरी विश्वका धनीहरुको सुचिमा पर्नु नेपाल र हरेक नेपालीका लागि गर्वको कुरा हो तर तर यहाँ तर पनि छ । एकमात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानुनलाई बेवास्ता गरी विदेशी लगानी नेपालमा ल्याई लाभांश लिएर विभिन्न देशहरुमा कम्पनी स्थापना गरी टयाक्स हेभन मुलुकमा कम्पनी स्थापना गरेका छन । कानुनको छलछाम गरी विदेशमा कानुनी रूपमा लगानी गरेको दाबी गर्ने अर्बपति विनोद चौधरीसहित उनको परिवारका पाँच सदस्यले ट्याक्स हेभन देशमा लगानी गरेको पाइएको छ । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट (आईसीआईजे) ले खोज पत्रकारिता केन्द्र (खोपके) नेपाललाई उपलब्ध गराएको प्रतिवेदनअनुसार ब्रिटिस भर्जिन आइल्यान्डमा तीन, सिंगापुरमा एक र पानामामा एउटा कम्पनी दर्ता छ ।
केही समय अगाडि सार्वजनिक पाण्डोरा पेपर्सका अनुसार उक्त कार्यक्रममा ११७ देशका ६०० भन्दा बढी पत्रकारहरु सहभागी भएका थिए । यसमा नेपालका अन्य ठुला व्यापारी तथा ठुला उद्योगपतिहरु थिए तर यसमा विशेष हाइलाइटमा आए सर बिनोद चौधरी र उनको परिवार पाण्डोरा पेपर्सका अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा सिनोभेसन इंक, सीजी होटल्स एण्ड रिसोट्र्स लिमिटेड, सेन्सी क्यापिटल पार्टनर्स इन्क र सीजी हस्पिटालिटी होल्डिङ्स । सिंगापुरमा ग्लोबल पीटीई लिमिटेड चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता छ । चौधरीले आफ्नो पुस्तक र विभिन्न अन्तर्वार्तामा आफूले विदेशमा कानुनी लगानी गरेको र त्यसको वैधानिकतामा प्रश्न उठाउने ठाउँ नभएको बताए पनि पाण्डोरा पेपर्स लीकले कर छलीका लागि स्थापित कम्पनीहरूमा अवैध रूपमा लगानी गरेको देखाएको छ ।
तर, पाण्डोरा लीक्सका अनुसार उनकी श्रीमती सारिका देवी र जेठा छोरा निर्वाण (दुबै नेपाली नागरिक) को नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा लगानी गरिएको छ । अर्थात उनले र उनको परिवारका पाँच सदस्यले ब्रिटिश भर्जिन आइल्याण्डको सिनोभेसन इंकमा लगानी गरेका छन । सिंगापुरको सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई लिमिटेडले उनका तीन छोरा र श्रीमतीमा लगानी गरेको छ । अर्कोतर्फ चौधरीले आयकर ऐन २०५८ को व्यवस्थाको गलत व्याख्या गरी विदेशमा लगानी गरेको विज्ञहरुले टिप्पणी गरेका छन ।
यति मात्र होइन बिनोद चौधरी माथि लगातार आरोप पनि लाग्ने गरेको छ उनी नेपालमा पैसा कमाउँछन तर नेपाल भन्दा बाहिर त्यो पैसा खर्च गर्छन । यसको ताजा र जवलन्त उदाहरण रहेको छ बिनोद चौधरीको छोरा वरुण चौधरीको बिहे ।
उद्योगपति विनोद चौधरीका छोरा वरुण र ज्वेलर्स राजकुमार टोङ्ग्याकी छोरी अनुश्रीको विवाहमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे, सुपरस्टार सलमान खान, चलचित्र निर्माता मुजफ्फर अली समथै विवाह समारोहमा राजस्थानका राजपरिवारका सदस्यहरु र सेलिब्रेटीहरुको ठुलो भिड थियो । अन्य सहभागीहरूमा सुपरस्टार रजनीकान्तकी पत्नी र चलचित्र निर्माता पाश्र्व गायिका लता, बंगलादेशका पूर्व राष्ट्रपति हुसेन मुहम्मद एरशाद, फिलिपिनो राजनीतिज्ञ फर्डिनान्ड मार्कोस, फोब्र्सका अध्यक्ष र सीईओ माइकल एस पर्लिस, कमलनाथ र दिग्विजय सिंह जस्ता भारतीय राजनीतिज्ञहरू थिए । सेलिब्रेटी शेफ रितु डालमिया आफैं सेवामा थिइन । विवाहमा भक्ति गायक प्रेम खुशवाहाले लाइभ संगीत बजाएका थिए यस बाहेक थुप्रै ठुला नाम तथा लगायतका चर्चित व्यक्तित्वहरु सहभागी थिए ।
चौधरी ग्रुपको सहायक कम्पनी अरुण इन्टरकन्टिनेन्टलले मूल्य अभिवृद्धि कर ९भ्याट० बिल नक्कली करोडौं कर रकम हिनामिना गरेको छ । राजस्व न्यायाधिकरणको उच्च स्रोतका अनुसार अरुण चौधरीको फर्म अरुण इन्टरकन्टिनेन्टलले राष्ट्रलाई करबापत ५० लाखभन्दा बढीको कर र सो बराबरको रकम जरिवाना तिर्नुपर्ने भएको छ । स्मरणीय छ, विनोद चौधरीका कान्छा भाइ अरुणमाथि सम्पत्ति शुद्धीकरण र अफसोर कारोबार गरेको आरोप लागेको थियो । यसअघि नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सदस्य विनोद हाल नेपाली कांग्रेसका सांसद हुन् । अरुण र उनका छोरा करणले आफ्नो प्रभाव प्रयोग गरेर जथाभावी कारोबार गरेको बुझिएको छ ।
सर्वोच्च अदालतले सोमबार भाटभटेनी सुपर मार्केट, एआईटी, शंकर अक्सिजन प्रालि र महेश बानियालगायत अरुण इन्टरकन्टिनेन्टलले कर छली गर्न नक्कली भ्याट बिल बनाएको राजस्व न्यायाधिकरणको फैसलालाई सदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र एसजेबी राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले दुई वर्षअघिको राजस्व न्यायाधिकरणको फैसलालाई सदर गरेको थियो । अहिले भाटभटेनी सुपर मार्केटले कर र जरिवाना गरी करिब एक अर्ब रुपैयाँ सरकारलाई तिर्नुपर्ने भएको छ ।
इति मात्र नभई विभिन्न समयमा कुनै न कुनै कारणले कर छलीको विवाद आईराख्छ यस्तैएउटा विवाद सिर्जना तब भयो जब उनीमाथि भ्याट छलीको आरोप लाग्यो उनको वाई वाई बनाउने कम्पनी सिजी फुडले लगभग १० करोड रुपैयाको बनकली भ्याट बिल बनाएर राजस्व छलेको कुरा बाहिर आएको थियो । सिजी फुड मात्र नभई सिजी इलेक्ट्रानिक्स तथा सिजी इम्पेक्सलाई पनि नक्कली भ्याट बिल बनाएर कारोबार गरेको आरोप लागेको थियो । यती ठुलो कर छली हुँदा समेत किन अर्थ मन्त्रालय मौन रहन्छ जबकी यस्ते धन्दा वर्तमान समयमा पनी अन्धाधुन चली राखेको हुन्छ । किनकी यसमा केही मन्त्री पार्टीका कार्यकर्ता र सरकारी कर्मचारीहरुको फाइदा को कुराकानी हुन्छ ।
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको चौधरी ग्रुप ९सीजी० ले चीनमा निर्मित विद्युतीय गाडी नेटा वीको मूल्य बढाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
चौधरी ग्रुपको विस्तारित शाखा सीजी मोटर्सले बुधबार ९जुन ८० नेपाली बजारमा आफ्नो पहिलो क्रसओभर इलेक्ट्रिक गाडी नेता वी सार्वजनिक गरेको छ । कम्पनीले रिभोलुसनरी नेता वीको मूल्य ३७ लाख ९९ हजार रहेको जनाएको छ ।
घोषणाको लगत्तै, नेटिजन्सहरूले चीनको बजार मूल्यसँग गाडीको मूल्य तुलना गर्ने पोस्टहरू साझेदारी गर्न थाले र ग्राहकहरूलाई ुरिपु गरेकोमा कम्पनीको आलोचना गर्न थाले।
विभिन्न सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको पोस्टमा नेपालको मूल्यलाई बजारमा रहेको मूल्यसँग तुलना गरिएको छ ।
कतिपयले बिलिङ मूल्यको बीस प्रतिशतभन्दा बढी नाफा लिन निषेध गर्ने नेपालको कालोबजारी ऐन कार्यान्वयनको विषयसमेत उठाएका छन ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्नु अघिल्लो वैशाख २८ गते करको दरमा सुधार गर्न दुई जना अनधिकृत व्यक्तिलाई काममा लगाएको आरोप लागेपछि जनआक्रोश र चौतर्फी आलोचना भएपछि अर्थमन्त्री जनार्दन शर्मालाई छानबिनमा मदत पु¥याउनका लागि राजिनामा दिनु परेको थियो । बजेट भाषण गर्नु भन्दा एक दिन अगाडि सो राति अर्थमन्त्रालयमा केही बाहिरी व्यक्तिहरुलाई प्रवेश गराएर बजेट चुहाएको करका दररेट हेर फेर गरेको तथा बजेटको गोपनियता भंग गरेको आरोप लागेको थियो । स्रोतका अनुसार सो राति अन आथोराइजड प्रवेश गरेका व्यक्तिहरु मध्ये एक थिए रघुनाथ घिमिरे जसलाई चौधरी ग्रुपको लागि काम गर्ने भनेर आरोप पनि लगाइएको थियो । तर चौधरी ग्रुपका डाइरेक्टर निर्वाणा चौधरीले एउटा स्टाटस लेखछन ।
फेब्रुअरी। १५ – विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्न अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सिराहा क्षेत्र नं ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले चौधरी कांग्रेसको संविधानविपरीत केन्द्रीय सदस्य बनेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
चौधरी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगले चौधरीको पदबाट बर्खास्तको माग पूरा नहुने भन्दै यादव सर्वोच्च अदालत पुगेका हुन् ।
कांग्रेसको संवैधानिक व्यवस्थाअनुसार लगातार १० वर्ष पार्टीको सक्रिय सदस्य भएर मात्र केन्द्रीय सदस्य बन्न सक्ने यादवले चौधरी २०७४ सालमा मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेकाले उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्छन् ।
यादवले चौधरीको अवैध केन्द्रीय सदस्य पदबाट हटाउन माग गरेका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चौधरी मधेसी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
नबील बैंकमा नेपालमा सर्वाधिक नाफा दिने बैंकहरु मध्ये नबिल बैंक हो । यसै नबिल बैंकमा बंगलादेशमा दर्ता भएको कम्पनीको लगभग ५० प्रतिशत शेयर रहेको छ वा स्वामित्व छ । भने त्यही एनबी इन्टरनेश्नल कम्पनीमा विश्वका विभिन्न देशहरुका टयाक्स हेभन मनी चिनिएका अवैध सम्पति लुकाउन र कर छली गर्न सुरक्षित स्थापित देश मानिएकोले गर्दा लगानी रहेको अनुमान छ । र ती अवसर कम्पनीको करोडपति मालिक हुन सर बिनोद चौधरी र उनको परिवारका सदस्य हुन ।
आफनो आत्मकथामा बिनोद चौधरीले भनेका छन कि नेपाल अरब बैंक अहिलेको नबिल बैंक को शेयर खरीद गर्न खोज्दा कानुनले छेकेपछि बंगलादेशमा कम्पनी खोलेर त्यस मार्फत अप्रत्यक्ष लगानी गरेको स्विकारेका छन । भनेपछि नबिल बैंकको शेयर किन्न घुमाउरो बाटो प्रयोग गरेको भन्ने बिरोधिहरुको विरोध र आरोप शत प्रतिशत गलत थिएन ।
सरकारले चौधरी समूहअन्तर्गतको कम्पनी सीजी टेलिकमलाई फाइदा पु¥याउन मोबाइल फोनको लाइसेन्स लिन आवश्यक पर्ने मापदण्डमा छेडछाड गरेको छ ।
सीजी अध्यक्ष विनोद चौधरीको प्रभावमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमावली संशोधन गर्न लागेको हो । चौधरी प्रधानमन्त्री शेरबहादुर देउवाको नेपाली कांग्रेसका केन्द्रीय नेता पनि हुन् ।
हालको व्यवस्थाअनुसार कम्पनीहरूले नयाँ सेवाका लागि इजाजतपत्र लिन यसअघि नै मापदण्ड पूरा गरी दूरसञ्चार सेवा उपलब्ध गराउनुपर्नेछ । द्दण्ज्ञघ मा, सीजी टेलिकम ९तत्कालीन नाम एसटीएम० ले लाइसेन्सको लागि आवेदन दिएको थियो तर पर्याप्त मोबाइल टावरहरूको अभावमा अयोग्य ठहरियो।
कम्पनीले आवश्यकता अनुसार टावरको संख्या बढाएको भए कुनै पनि छेडछाड नगरी लाइसेन्स लिन योग्य हुने थियो । तर, कम्पनीले इजाजतपत्र लिनको लागि उपयुक्त तरिकाको सट्टा राजनीतिक लबिङको सहारा लियो।
दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले उक्त योजनाबारे मन्त्रालयले प्राधिकरणलाई आफ्नो धारणा राख्न आग्रह गरेको बताए । प्राधिकरणले निर्णय गर्न बाँकी रहेको पौडेल बताउँछन् ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक समूह चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी ब्एज्ञ ज्म् टेलिभिजनबाट फेब्रुअरी ३ तारिखमा प्रसारण हुने टक शो ुतमसोमा ज्योतिर्गमायाु मा उपस्थित भएका थिए। कार्यक्रमका सञ्चालक टिकाराम यात्रीले सोधेका प्रश्नहरूको जवाफ दिँदै। एक घण्टाभन्दा बढीमा चौधरीले नेपालको दूरसञ्चार क्षेत्रका बारेमा यसो भनेस्
“नेपालमा इन्टरनेटको मूल्य अहिले दक्षिण एसियामा सबैभन्दा महँगो छ। यति महँगो भएकाले यहाँ इन्टरनेटको पहुँच ३५ प्रतिशत मात्रै छ।
यो सबै कुरा भई राख्दा अब हामीले उहाँलाई महान बिनोद चौधरी भनेर सम्बोधन गर्ने वा फोर्बसको सुचीमा नाम राख्न सफल अरबपति भन्ने यो कुरा एक्कैछिन मा निर्णय गरौला पहिला अलिकति भित्री कुरा पाउन थोरै पछाडिका दिनहरुमा पुगौं न अनि निर्णय गर्न सजिलो हुन्छ कि ।
२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सुर्य बहादुर थापाको पार्टीलाई बिनोद चौधरी र उनका पिता लुलनदास चौधरी आर्थिक सहयोग गरेको थिए । शायद त्यो बेला गरेको त्यो अर्थिक सहयोगले गर्दा होला सर बिनोद चौधरीको नबन्ने काम पनि बन्यो । त्यो बेला पेनासोनिकको रेडियो नेपालमा असेम्बल गर्ने प्लान्ट खडा गर्ने, कागज कारखाना खोल्ने तथा नेपालमै बियरको उत्पादन तथा बिक्रि बितरण गने अनुमति प्राप्त भयो । तत्कालिन प्रधानमन्त्री सुर्य बहादुर थापाको राजिनामा पछि बिनोद चौधरी दरबार सँग नजिक भए । अधिराजकुमार धिरेन्द्रको सहयोगमा सर बिनोद चौधरीले अपोलो स्टिल तथा अन्य थुप्रै साना तथा ठुला उद्योगहरुमा सफलता हात पानु भयो । अधिराजकुमार धिरेन्द्रले नेपाल छाडेपछि २०४६ सालको आन्दोलनमा बिनोद चौधरीले भाग लिए । र आन्दोलन सफल भयो सर बिनोद चौधरी अनुसार यदि यो आन्दोलन सफल नभएको भए उनी बैकक्रप्ट अर्थात कंगाल भईसक्थे होला । २०४६ सालको आन्दोलन पनि सर बिनोद चौधरी कांग्रेस सँग नजिक हुँदै गए । खासगरी कृष्ण प्रसाद भट्टराई सँग तर २०५५ साल पछि बिनोद चौधरी एमाले सँग नजिकीए । एमाले सँग पनि खास्सै कुरा नमिलेपछि अहिले बिनोद चौधरी कांग्रैसमै आबद्ध रहेका छन । अहिले बिनोद चौधरी कांग्रेसको सांसद र केन्द्रिय सदस्य हुनुहुन्छ ।
निष्कर्ष
वास्तवमा बिनोद चौधरी कुनै ब्याड म्यान होइनन उनी बिजनेश म्यान हुन । र बिजनेश म्यान त्यो हो जसले बिजनेश गर्छ । कुनैपनि बिजनेश गर्ने मान्छेले सबैभन्दा पहिले आफनो फाइदा हेर्छ । त्यो कुरा आफैमा गलत भने होइन । तर यसो भनी राख्दा मैले यसो भनी रहेको होइन कि टयाक्स छली गर्नु ठिक हो वा नियम कानुम मिचेर काम गर्नु ठिक हो । यी कदम वा निर्णय गलत थिए र गलत हुन । चार्टड एकाउण्टेन्टको सहायताले कर कम तिर्ने वा तिर्दै नतिर्ने लुप हल हरु खोजेर विश्वभरीका अबरपति र खरबपतिहरु आफनो पैसा बचाउँछन । जसलाई लिगल मानिन्छ । तर सर बिनोद चौधरीले कर नै नतिर्ने भने गरेका छैनन जसरी आजभोली शोशल मिडियामा उनले एक रुपैया पनि कर नतिरेको झै मानिसहरु गराउँछन । सन् २०२१ मा चौधरी ग्रुपले लगभग १४ अर्ब रुपैया करको रुपमा बुझायो । यसैगरि सन् २०१५ देखि सन २०२१ सम्म चौधरी ग्रुपले नेपाल सरकारलाई लगभग ४५ अर्ब रुपैया बुझाएको छ । जुन सानो रक मभने होइन । तर केही मानिसहरुले कमेनट गर्ने गर्छन यत्रो पैसा कमाउनेले खोई त दान सहयोग गरेको ? जसलाई यस्तो लाग्छ उसले बिनोद चौधरी र चौधरी ग्रुपको बारेमा राम्ररी अध्यन गर्नु आफै थाहा हुनेछ । शोशल मिडिया यसको जबाफ तपाई पाउनुहुन्न । म मानदछु हरेक मान्छेमा राम्रो पक्ष तथा खराब पक्ष हुन्छ । केही न केही कुरामा खराब तपाई पनि हुनुहुन्छ खराब म पनि छु ।
0 Comments