यो हो हाम्रो देश नेपाल सुन्दरताले भरिपुर्ण देश नेपाल तर भित्र भित्रै चित्र अर्कै बन्दै गईरहेको छ । देशको राजधानी काठमाण्डौको उदाहरण लिने हो भने बाटै भरि मोटर साइकिल र कारहरु गुडेको देख्न सकिन्छ हेर्दा लाग्छ वाह देश धनि रहेछ त कुनै पनि व्यक्ति साइकिलमा चढेको देख्न पाइदैन भने हरेक व्यक्ति सक्षम भएछ मोटर साइकिल र सो भन्दा माथि को लेभलमा जीवन यापन गर्दो रहेछ तर देश हेर्दा धनी यसरी मुल्यांकन गर्न त सकिएला तर अर्को पाटोमा निहालेर हेर्दा तस्बिर अर्कै देखिन सकछ । मेची देखि महाकाली सम्म गल्ली गल्ली, चौराहा, बसपार्क एरिया देखि मन्दिरहरुको अगाडि हेर्ने हो भने थाहा हुनेछ हाम्रो देशको वास्तविक चित्र कस्तो रहेछ भनेर । ठाउँ ठाउँमा थुर्पै भिखारीहरुलाई देख्न सक्छौं । हात खुट्टा बलियो र सबल भएका मान्छेहरु भिख माग्दैको दृश्य प्रस्सतै भेटिन्छन ।
विक्कीपडियाको अनुसार सन् २०१४ मा काठमाण्डौ शहरमा मात्रै लगभग ५००० भन्दा बढी भिखारीहरु थिए । यो तथ्य ५ देखि ६ वर्ष अगाडिको हो भने तपाई अनुमान लगाउनुहोस आजको मिति सम्म यो संख्या कति पुग्यो होला । हामीले जति संख्या अनुमान गरिरहेका छौं हाम्रो देशमा भिखारीहरुको संख्या त्यो भन्दा धेरै ठुलो छ । र यो ठुलो संख्यामा रहेका भिखारीहरुले गर्दा अन्य थुर्पै समस्याहरु प्नि सृजना भईरहेका छन । जस्तो शहरी भेगमा चोकमा ट्राफिक लाइटमा अत्याधिक कन्जेशन हुने गर्दछ ।
नेपाल गरीब देश हो तर वास्तवमा हामीले बुझन जरुरी छ कि गरीबीपन र भिखारीपनमा निकै अन्तर छ । तर भुल्नु हुँदैन कि भिखारीपनलाई निम्त्याउने प्रमुख भुमिका गरीबीपन को नै रहन्छ । यो सबै कुरा सोच्दा हेर्दा प्रश्न मनमा खेलिरहन्छ । नेपालमा यति धेरै भिखारीहरु कसरी र कहाँ बाट आए र साथै यो जटिल समस्याको समाधान के हो ? यसलाई कसरी रोक्न सकिन्छ । जसरी शुरुमै भने जस्तै नेपालमा भिखारीहरुको सँख्या एकदमै धेरै छ तर प्रश्न के भने यति धेरै भिखारीहरु कहाँ बाट आउँछन ?
हाम्रो देश नेपाल हिन्दु परम्परा र संस्कृतिलाई मान्ने देश मानिन्छ । र यहाँ दान दिने र लिने कुनै नौलो विषय होइन । हाम्रा वेदहरु र ग्रन्थहरुमा पनि भिक्षा लिने दिने र त्यस भिक्षामा निर्भर रहने कुरालाई हाम्रो समाजले मान्दै आईरहेकोले गर्दा त्यसलाई सहर्षै स्विकार गर्दै आएको छ । यसलाई समाजले नराम्रो हो भन्न पनि मिल्दैन किनकी प्राचिन समय देख नै यो परम्परा चल्दै आएको छ ।
प्राचिन समय देखि नै हाम्रा ऋषि मुनिहरुले र गुरुहरुले परम्परा अनुसार भिक्षा लिने गर्दथे तर त्यतिबेला देखि हिजो सम्म पनि भिक्षा यति उती भनेर तोकिएर लिने दिने चलन चाँहि थिएन तर अहिले र आजभोली चलन बदलिदो छ । समय चक्र क्रम अनुसार आप्mनो वरि परीका गरीब असायहरुलाई सहयोग गर्नु पर्छ भन्ने जुन एउटा प्रवित्र सोच रहेको छ त्यसलाई आजको आधुनिक समयमा गलत अर्थमा लिने गरिएको छ । हाम्रो समाजमा भिक्षु र भिखारीलाई तुलना गर्न मिल्दैन किनकी साधु सन्तहरुले लिने भिक्षा र सामान्य स्तरमा बाटा घाटामा भिख मागेर बस्ने भनेको फरक अर्थमा लिइन्छ । जुन सही पनि हो । किनकी साधु सन्तहरुले भिक्षा मागी रहेको लदे हाम्रो संस्कृतिको संरक्षण भईरहेको पनि छ ।
तर भिखारीहरुले भिख मागेर नै आफनो जिवन यापन गर्नु र त्यसैलाई आफनो पेशा बनाउनु भनेको त सरासर गलत नै हो । हाम्रो समाजमा नेपालमा भिखारी दुई प्रकारका देखिन्छन । एकः गरिव भएर खाने, लाउने, बस्ने प्रवन्ध नभएकाहरु घर घर माग्दै हिड्ने भिखारी । दुईः खान लाउन पुग्ने, आफनै घर तथा बास स्थm भएका, साधन चढने र निश्चित स्थानमा पुगी भिखारीको अवस्थामा भिखमागेर भिखलाई व्यापारको नाम बनाउन खोज्ने । यहाँ चर्चा गर्न खोजिएको दोस्रो भिखारीको हो । यस्ता संम्भ्रान्त भिखारीहरुको एक मात्र लक्ष्य भिख माग्ने मोज मस्ती गर्ने हुन्छ ।
भिखारीहरु भिख मागेर नै आम श्रमजिवी वर्ग भन्दा उपल्लो जीवनस्तर विताउछन । महङा महङा लुगा लाउन सक्छन । यस्ता दोग्ला, स्वाभिमानहिन राष्ट्रघाति भिखारीहरुको जीवनस्तर परिवर्तन भएको देख्दा आम मानिस अचम्ममा परेका छन । जागिर छैन । व्यापार छैन । तर भिग माग्ने कुरालाई नै व्यवसाय बनाएर आलिसान जीवन विताई रहेको देखिन्छ ।
सरकारले भिख माग्न नपाउने नीति ल्याएको छ । यो नीति कार्यान्वयन भए राम्रो हो तर उदेक चाँही के छ भने नेपाल सरकार विदेशी प्रभु संग भिख मागेर नै चलिरहेको छ । सरकारको तौर तरिका र रवैया र नीति हेर्दा थोत्रो मोत्रो भएर भिख माग्न नहुने भन्ने बुझिन्छ । यदी सरकारले आफ्ना नागरिकलाई भिखारी बन्नबाट रोक्छ भने स्वयम सरकारले पनि भिखारीको विल्ला फाल्नु पर्छ कि पर्दैन? सरकारले जनताका नाममा भिख माग्ने र केही असफल हुने गरि लगानी गरेको त्यो ऋणको भागिदार नेपाली जनता बन्नु पर्ने कस्तो विडम्वना हो ? त्यसैको परिणाम स्वरुप नै अहिले हरेक नेपालीको थाप्लोमा करीव पचास हजार ऋणको भारी छ । यसको जिम्मेवारी कस्ले लिन्छ ? सरकारको भनाई र गराई मिलेन । पहिला आफु भिख माग्न छाड्नु पर्छ त्यसपछि गरिव भिखारीलाई भिख माग्नबाट रोक्नु राम्रो हुन्छ ।
यहाँ गरिब भिखारी त कति नै नहोलान र ? अव त विद्यालय र विश्वविद्यालयले पनि भिख कसरी माग्ने भनेर पाठ्यक्रम बनाई पढाउनु पर्ने बेला आए जस्तो छ । सरकारले बाटो घाटोमा हिड्ने भिखारीलाई पक्रने, थुन्ने जस्ता कार्य गर्नु हुदैन । किनभने उनीहरु समाजका खासै समस्या होइनन । गरिव जनताको बाँच्ने आधार समाप्त भएको छ । त्यसैले माग्ने कार्यलाई रोक्नु पर्छ । मागेर खानु भनेको स्वाभिमानमा ठेस पु–याउनु हो । माग्नु कुनै पनि हालतमा राम्रो काम होइन । कोहीसंग केही मागेर खाइन्छ भने त्यसको बदलामा दिनेले केही न केही स्वार्थ पुर्ति गर्ने तर्फ दिमाख लगाउदछ । माग्ने भिखारी र दिने दाता दुवै राष्ट्र विकासका बाधक हुन ।
के नेपालमा जन्मनु हाम्रो लागि अभिषाप हो ? के नेपाल सधै भिख मागेर नै चल्ने चलाउने हो ? यस्ता अनेकौ प्रश्न आजका युवाको मनमा मढारिएका छन । देशमा तमाम स्रोत र साधन प्रकृतिले उपहारका रुपमा दिएको छ । त्यसलाई व्यवस्थापन मात्र गरे विदेशी संग भिख माग्नै पर्दैन । काम गर्नु पर्छ । गफ गरेर देश बन्दैन । काम गरियो गराइयो भने भिख पनि माग्नु पर्ने अवस्था सृजना हुँदैन । राज्यले नागरिकलाई त गरिखान सिकाउने हो । स्वाभिमानी बन्न सिकाउने हो । आत्मसम्मान सिकाउने हो । श्रमजिवी बन्न सिकाउने हो । परनिर्भरता त्यागेर आत्मनिर्भर हुन सिकाउने हो । तर खोई त सरकारले के सिकाएको छ ? अहिले सम्म कयौ सरकार आए भिख माग्ने बाध्यताको अन्त गर्न सकेन ।
हाम्रो देशमा भिख माग्ने कुरालाई बिजनेशको रुपमा लिन थालिएको छ । यदि कुनै भिखारीले दिन भरी बाटो बाटोमा भिख मागेर बस्यो भने अनुमानित दैनिक १००० रुपैया जति जोडन सक्छन भन्ने कुरा सर्व विदतै छ । यस्तो ३० दिन सम्म पनि हरेक दिन को दरले जोडने हो भने मासिक ३०,००० सम्म हुन आउछ । यस्तो नेपालमा धेरै जसो व्यक्तिको जागिर गर्दा मासिक तलब २०,००० देखि शुरु हुन्छ । यस्तोमा नेपाल सरकार द्धारा तोकिएको न्युन्तम परिश्रमिक मासिक १४९०० छ । अब तपाई आफै भन्नुहोस भिख माग्ने पेशा नभएर त्यो के हुन्छ । जब भिख मागेर नै ३०,००० भन्दा बढी हुन सक्छ भने किन गर्नु प¥यो र मिहेनत ? यति मात्र नभएर छिमेकी मुलुक भारत बाट पनि एकदमै धेरै भिखारीहरु पनि नेपाल भित्रिएर भिख माग्ने गर्दछन ।
कतिपयले कुराकानीका क्रममा ‘भारतमा त नेपालको जनसङ्ख्याभन्दा बढी भिखारी छन’ भन्ने गर्छन । भारततिर जाँदा थुप्रै भिखारी देखिन्छन पनि । केही महीनाअघि बलिउड कलाकार अनुपम खेरले पशुपतिमा राजस्थानकी एउटा किशोरीसित गरेको संवादको दृश्य सामाजिक सञ्जालमा राखेका थिए । ती किशोरीले सरकारले सडकमा बस्न नदिने गरेको, प्रहरी लगाएर समाएको, थुनामा राखेको गुनासो गरेकी थिइन ।
सडक किनार होस वा मन्दिर माग्नेहरुको भीड बढ्दो छ र त्यस्ता माग्नेमा नेपाली कम भारतीय बढी रहेको स्पष्टै देखिन्छ । तर उनीहरुलाई नियोजित रुपमा नेपालमा माग्न ल्याउने गरिएको खुलासा भएको छ । एक तथ्यांक अनुसार देशका मुख्य शहरमा मानसिक र शारीरिक रूपमा अशक्त भइ माग्न बसेकाहरूको सङ्ख्या थुप्रै रहेको छ । उनीहरु मुख्य रूपमा सडक किनार, पाटी पौवा तथा मन्दिर आसपास उनीहरूले मागेर गुजारा चलाउँछन । यसरी माग्नन बसेकाहरु ट्रकका ट्रक मगन्ते भारतबाट नेपाल ल्याइएको दाबी गर्दछन ।
नेपालमा माग्न ल्याइने भिखारीहरुले कमाएको रकम उनीहरुका नाइकेले लिने गरेका छन । यसरी माग्न बस्नेमा बालबालिकादेखि वृद्धवृद्धा र अंगभंग भएकाहरु समेत हुने गरेका छन । मानिसलाई अशक्त बनाई माग्ने बनाउने धन्दा भारतमा निकै नै चलेको बताइन्छ । उनीहरु बालबालिका अपहरण गरी उनीहरुलाई अशक्त बनाएर माग्न सडकमा राख्ने गर्दछन ।
देशै मागेर चलिरहेका बेला यही माग्ने धन्दा चलाउने भारतबाट ट्रकका ट्रक भिखारी ल्याइनु सामान्य कुरा हैन । हुन त सहारा विहीनहरु मागेरै गुजारा चलाउँछन । उनीहरुको बाँच्ने आधार माग्नु सिवाय केही हुँदैन तर त्यस्तालाई राज्यले पनि केही गरेको छैन । सडक पेटीमा माग्न बसेकाहरुबाट सडक फोहोर हुनु त छँदैछ यहाँको सभ्यता र सुन्दरताको समेत खिल्ली उडेको छ ।
चोक, बसपार्क लगायतका स्थानमा स–साना नाबालक च्यापेर छठ पर्वको नाममा भिख माग्ने बहानामा बजारमा आएका सर्वसाधारण तथा पसल पसलमा पुगेर व्यवसायिहरुलाई भारतीय पेशेवर भिख माग्नेहरूले दुःख दिन थालेका छन । विशेष गरी भिख माग्नेहरूले बालबालिकाको प्रयोग गर्ने र सडकमा हिडने यात्रु तथा सर्वसाधारणको खुट्टा ढोग्ने, समाउने, र पैसा नदिए बीच सडकमै बदनाम गर्ने जस्ता गतिविधि बढेका छन । अझ भएन भने भारत बाट नेपाल आउने भिखारीहरुले आफनो साथमा सम्पुर्ण परिवारलाई पनि साथमा लिएर आउने गर्दछन जसमा उनीहरुका स–साना बच्चाहरु प्नि पर्दछन । चोक चोक मा गल्ली गल्लीमा बजार देखि मन्दिरहरुमा यी साना बच्चाहरु पनि भिख माग्दै हिडेका देख्न सक्छौं । खेल्ने कुदने स्कुल पढन जाने उमेरका बच्चाहरुलाई भिख माग्न बाध्य पारिन्छ । यसले वा यस्तो गतिविधिले समाज तथा देशलाई त असर पर्छ नै साथै ती साना बच्चाहरुको मानसिकतामा गलत असर पर्न जान्छ । ती बच्चाहरुको भविष्य नै जोखिममा पारेर नराम्रो खेलवाड हुँदै छ । तपाई हामीले ती साना बच्चाहरुको अनुहार हेरेर दया मानेर खल्तीमा भएको १०० रुपैया ५० रुपैयाँ सहयोग त गर्ने गछौं तर त्यो सहयोग उनीहरुका आमा बुबाहरुको लागि ठुलो आशा वा एक हिसाबको मोटिवेशन बन्न पुग्छ । तर यो परिस्थितीमा पनि कसको गल्ती होला भनेर प्रश्न पनि उत्पन्न हुन्छ ।
यस गतिवधिमा चार वटा कारण हुन जस्तो लाग्छ एउटा व्यापार हो भने अर्को गरीबी भने अर्को अशिक्षा तथा अन्तिम अपांगता । उनीहरु अशिक्षाका कारण उनीहरुलाई कसैले काम दिँदैनन भने काम पेशा नै नभए पछि परिवारको पोषण गर्न पनि गाह्रोरहन्छ जसकारण उनीहरु भिख मागेर परिवारको पेट पाल्न शुरु गर्ने गर्छन र जब भिख मागेर जीवन निर्वाह गर्न खोज्दा यसमा उनीहरुको अशिक्षा अनुसारकै जागिरमा हुने तलब भत्ता भन्दा बढी नै देख्ने गर्छ जस कारण उनीहरु अरु केही पनि सोचदैनन ।
अर्को एउटा तितो सत्य स्विाकार्नुहोस
कतिपय अवस्थामा बच्चाहरुलाई चोरेर एक ठाउँबाट अर्को ठाउँ लिएर गई ती बच्चाहरुलाई अपांग बनाएर वा शारिरीक चोट पटक दिएर विकलांग बनाएर बाटा घाटामा भिख माग्न लागाएको अवस्था पनि तपाई हाम्रै समाजको एउटा घटना हुन सक्छ ।
तपाईले जुन बच्चालाई भिखमा पैसा दिनु हुन्छ त्यो पैसा बच्चाले कहिल्यै पाएकै हुदैन त्यसैगरेर तपाई जुन आमालाई भिख दिएर बच्चालाई राम्रो होस भन्ने सोच राख्नु भएको हुन्छ तपाई कसरी ढुक्क हुन सक्नु हुन्छ के त्यो पैसा त्यो आमाले आफनो बच्चलाई राम्रो गरेको हुन्छिन के साँचै त्यो बच्चाको आमा त्यो महिला नै हो । वास्तवमा तपाई जे देखेर भिख दिनुहुन्छ त्यो एक प्रकारको इन्डस्ट्री नै हो लाखौ करौडो अर्बोको कारोबार हुने इन्डस्ट्रसी । कसैको जीवनलाई बिगारेर तपाई हाम्रो इमोशनसँग खेल्ने खेल बनेको छ यो भिख मांगने चलन ।
तपाई एक बिहानै अफिस जाने भनेर घरबाट बाइक वा कार चढेर अफिसको लागि निस्किनुहुन्छ । बाटोमा रेड लाइटले गर्दा तपाईको बाइक वा कार त्यस रेड लाइटमा रोकिन्छ । त्यतिमै तपाईको बाइक वा कार अगाडि केही मान्छेहरु आईपुग्छन । हात वा साथमा एउटा सानो काखे बच्चा च्यापेका हुन्छ । तपाईको अगाडि त्यो अवस्था ले गर्दा मन र दिमाग भावनामा बग्छ र तपाई एकछिनको लागि भावुक भईहानु हुन्छ । र खल्तीबाट १०० रुपैया निकालेर भिख दिन बाध्य हुनुहुन्छ । तर त्यस बखत तपाईले जुन भावनामा बग्दै त्यो पैसा दिनु भयो त्यो जुन कारण तपाईको दिमागले तपाईको मनलाई भित्रण ग¥यो वास्तविकता त अर्के हुन सक्छ ।
उच्च शिक्षापछि पनि मानिस किन भीख माग्छन ?
जानकारहरु भन्छन यसको कैयौ कारण हुन सक्छ । एक अभिलाषा, लक्ष्य तथा उपलब्धिमा अत्यन्त फरक । जब कसैलाई आफ्नो क्षमता अनुसारको प्राप्ति हँुदैन, उनीहरूलाई हतास मनस्थितिले घेर्छ ।
दोस्रो कारणमा हाम्रो पारिवारिक, सामाजिक तथा व्यक्तिगत जीवन व्यवस्थाको त्रुटिका कारण मानिस एक सामान्य जिन्दगी बाँच्न खोज्छ ।
विज्ञका अनुसार केही मानिस आध्यात्मिक कारणले यस्तो गर्छन । किनकि हिन्दू धर्ममा भिक्षालाई धार्मिक मान्यता मिलेको छ । केही व्यक्ति पलायनवादी भएकाले पनि यसो हुने गर्छन ।
के भन्छ हाम्रो देशके कानुनले?
मुलुकी अपराध संहिता २०७४ ले सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने व्यवस्था गरेको छ । यसरी माग्नेलाई दुई महिनासम्म कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ । तर, संविधान र कानुनका व्यवस्था आजका मितिसम्म कागजबाट ओर्लेर माग्नेहरूसम्म आइपुगेका छैन । अन्तिममा मलाई थाहा छ तपाई के सोच्दै हुन्ुहुन्छ जब यो सबै कुरा हाम्रै वरिपरी भई राखेको छ वा हामीले देखिराखेका छौ त्यस्तो अवस्थामा यो सबै कुराको सोलयुशन के हो ? हामी एज ए सिटीजन के गर्न सक्छौं ।
वास्तवमा ३ वटा कुरा छन यसका लागि
१. पैसा दिन बन्द गर्नुहोस – ध्यान दिनुहोस यदि तपाई कुनै एउटा भिखारीलाई जब पैसा दिनुहुन्छ तब दुई वटा कुरा हुन जान्छ एउटा तपाई त्यसलाई पैसा दिएर अन्य भिखारीहरुलाई पनि हौसला दिनु हुन्छ वा मोटिभेट गर्नुहुन्छ । अर्को कुरा जब तपाई कसैलाई भिख दिएर सहयोग गर्न खोज्नुहुन्छ तब त्यो भिखारी भिख पाएर जिवनमा राम्रो काम गर्छ भनेर सोच्नु बेकार हुन्छ किनकी उसले त्यही काम जीवन भरी गरि रहन्छ । पैसा मागेर नै उसको जीवन उसले बिताउने छ । किनकी मागेर नै पैसा पाइन्छ भने किन दुःख गर्नु । र यही कुरा हाम्रो समाजको लागि घातक रोग सिद्ध हुन्छ ।
२. उनीहरुलाई साधन सम्पन्न बनाउनुहोस– यदि तपाई वास्तवमै कसैलाई सहयोग गर्न चाहनुहुन्छ भने तपाई उनीहरुलाई खाना, कपडा, आश्रय र रोजगार जस्ता कुरा दिएर पनि सहयोग गर्न सक्नुहुनेछ । उनीहरुलाई पैसा होइन कुनै एउटा समाधानको तर्फ जाने बटो देखाउनुहोस जसको कारण उनीहरु आफनो जीवनलाई अझ राम्रो र स्तरीय बनाउन सकोन । उनीहरुलाई भिखामा पैसा दिएर संधैभरी भिख मागी रहन बाटो देखाउनु भन्दा उनीहरुलाई सफल हुनका लागि परिपक्वता तर्फ जाने बाटो देखाउनुहोस ।
३. जति सक्दो यस म्यासेजलाई फैलाउनुहोस – न भिख लिने न भिख दिने तपाई मात्र यो म्यासेजलाई सक्दो फैलाउनुहोस । साथै अन्यलाई पनि भिखमा पैसा दिन बाट रोक्नुहोस । किनकी जति धेरै मानिसहरुको हातमा यो म्यासेज पुग्नेछ त्यति धेरै कम यो भिख जस्तो कुरा ती माग्नेहरुको हातमा पुग्नेछ । र जब धेरै भन्दा धेरै मानिसहरु यी भिखारीहरुलाई पैसा दिन बन्द गर्छन । तब गलत सोच राखेर हाम्रो समाजमा भिख माग्ने र माग्न लगाउनेहरु माथि नियन्त्रण गर्न सकिन्छ । जब कोही भिख नै दिदैन भने यी भिखलाई पेशा बनाउनेहरु सही बाटोमा आउनेछन र समाजमा दुःख गरेर पैसा कमाउन थाल्नेछन ।
मेरो तपाई सम्पुर्ण सँग हात जोडेर निवेदन छ कृप्या यो भिख माग्ने प्रचलनलाई बढाउने काम न गर्नुहोस । केही तपाई बदलिनस केही यो समाज बदलिने छ र त देश बदलिनेछ ।
Video Link:
0 Comments